गलेश्वर मन्दिरमा ४ लाख ३५ हजार भेटी संकलन

म्याग्दी । महाशिवरात्री पर्व २०७९ को अवसरमा म्याग्दीको बेनी नगरपालिका –९ मा अवस्थित गलेश्वर शिवालयमा ४ लाख बढि भेटी संकलन भएको छ । महाशिवरात्रीको अवसरमा शनिवार गलेश्वर शिवालयमा पुजाआजा र दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरुबाट रु ४ लाख ३५ हजार ३७ रुपैयाँ भेटी संकलन भएको हो ।

मन्दिरमा भक्तजनले चढाएको भेटि आईतबार कोषका समिति, कर्मचारी, गलेश्वर बजारबासी, आमासमूह शसस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितमा गनिएको थियो । भक्तजनले मुल मन्दिर लगायत विभिन्न स्थानमा चढाएको भेटी संगै त्रिशुल चढाउनी, ग्रहशान्ति, रुद्री लगायतको पुजा गर्दा उपलब्ध गराएको दान सहयोग रकमलाई सार्वजनिक गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा महाशिवरात्रीको पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि म्याग्दीका ग्रामिण भेगसंगै छिमेकी जिल्ला बागलुङ, पर्वत पोखरा, काठमाण्डौ लगायतका ठाउँबाट ३० हजार जना भन्दा बढी भक्तजन आएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाम हिन्दु धर्मावलम्वीहरुको प्रसिद्ध तिर्थस्थल मानिन्छ । गलेश्वरधामको दर्शन र पुजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास छ । मन्दिरबाट संकलन हुने भेटीलाई कोषको पूर्वाधार निर्माण संगै गलेश्वर क्षेत्रको विकास निर्माण र सामाजिक कार्यहरुमा समेत परिचालन गर्ने गरिएको छ ।

You can share this post!

बाबियाचौरमा निर्मित ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन

बेनी नगरपालिकालाई युएनडिपीद्वारा निर्मित सप्टवेयर हस्तान्तरण

Related posts