बराहपाखो सामुदायिक वनमा आगलागी

म्याग्दी । म्याग्दीको बेनी बजार स्थित बराहपाखो सामुदायीक वन क्षेत्रमा सोमबार भिषण डढेलो लागेको छ । बेनी बजार नजीकै रहेको हुलाकचोक माथिबाट सुरु भएको आगलागीले बराहपाखो सामुदायिक वनको अधिकाँश क्षेत्रमा नोक्सानी भएको छ ।

आगजनी भएपछि, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल प्रहरी, बेनी नगरपालिकाका नगर प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक वनका उपभोक्ता, जनप्रतिनिधि, सर्वसाधारण लगायतले आगलागीलाई  नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

वनमा लागेको आगलागी न्युरोड क्षेत्रमा बस्तीमै आउने जोखिम बढेपछि आगलागीलाइ नियन्त्रणमा लिन बेनी नगरपालिकाको दमकल समेत प्रयोग गरिएको थियो । गर्मी सुरु भएपछि जिल्लामा पछिल्लो समय डढेलोको समस्या बढेको छ ।

You can share this post!

म्याग्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दीमा ८६५ जना भूमिहिनको तथ्याङ्क संकलन गरियो

Related posts