म्याग्दी । नेकपा एमालेको मंगला गाउँपालिका कमिटीको दास्रो अधिबेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ । सोमबार सम्पन्न भएको अधिबेशनले यामबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा चक्रलाल पाण्डे राजु, उप सचिव एकजित रोका र सरस्वती उपाध्या चयन हुनु भएको एमाले मंगलाले जनाएको छ ।
बाबियाचौरमा आयोजित अधिबेशनको पार्टीको केन्द्रीय सदस्य नरदेवी पुनले उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नरदेवी पुनले जुन सुकै स्थानमा पनि क्षमता भएका व्यक्तीलाई नै नेतृत्व दिनु पर्ने बताउनु भएको छ ।
उहाँले कतिपय स्थानमा नेतृत्व लिन खोज्ने तर समय नदिने प्रबृत्ती हाबी हुँदा काम हुन नसक्ने अवस्था आएको हुनाले हरेक स्थानमा त्यसका लागि जो सक्षम छ उसले नेतृत्व लिनु पर्ने बताउनु भएको हो ।
पुनले भन्नुभयो, “पार्टी एकता सम्मका कुराहरु सतहमा आएको भए पनि अहिलेलाई गठबन्धन गरिएको हो र त्यो भनेको मिसन–२०८४ हो । मिसन भनेकै तीनै तहको निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाएर तीन वटै सरकारको नेतृत्व गर्नु भएकोले सबैले त्यसलाई लक्ष बनाएर लाग्नु आजको आवश्यकता हो” ।
नेकपा एमालेका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले विगतमा भएको गठबन्धन सरकारले कर्मचारीलाई तलब खुवाउन समेत ऋण खोज्नु पर्ने अवस्थामा पु¥याएर देशलाई अधोगति तर्फ लगेकोले त्यो गठबन्धन फुटाएर नयाँ बनेको तर्क गर्नुभयो ।
नेकपा एमालेका अध्यक्ष बालकृष्ण सुवेदीले पार्टीको हरेक तह र तप्काबाट नियमित रुपमा तथ्याङ्क राखिनु पर्ने बताउँदै जिल्लाले अभिलेखिकरण थालेको धारणा राख्नुभयो । हरेक स्थानिय तहबाट मासिक रिपोर्टीङ जिल्लामा हुनु पर्ने र जिल्लाका पदाधिकारीको रिपोर्टीङ दैनिक हुने व्यवस्था गरिएकोले सबैले आफ्नो जिम्मेवारी र काम गर्न कन्जुस्याइ गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य खुमबहादुर बानियाँ, सृजना केसी, जिल्ला कमिटी म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठ, उपसचिव सतप्रसाद रोका, मदनभण्डारी फाउण्डेसनका केन्द्रीय सचिव सन्तोष रावल, बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसी, नेकपा एमाले बेनी नगरकमिटीका अध्यक्ष नारायण जिसीलगायतले मन्तव्य राख्नुभएको थियो ।