पिप्लेमा यसोदा सुबेदीको अध्यक्षतामा अनेमसंघ वडा कमिटि गठन

म्याग्दी, १० असोज । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको संगठन बिस्तार अभियान अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ३ पिप्लेमा यसोदा सुवेदीको अध्यक्षतामा ५८ सदस्यीय वडा कमिटि गठन भएको छ ।

नवगठित कमिटिको उपाध्यक्षमा पछि मनोनित गर्ने गरि सचिवमा कुमारी बिक, कोषाध्यक्षमा कोपिला शाही, सहकोषाध्यक्षमा पुजा बिक, सहसचिवमा जयन्ती मल्ल भण्डारी र खिम कुमारी जैसी चयन हुनभएको छ । सदस्यहरुमा पुष्पा शर्मा, कमला शर्मा, तारा शर्मा, बबिता भण्डारी, रत्न कुमारी कार्की जयन्ती भण्डारी, सारिका परियार, सिता चन्द, अस्मि चन्द लगाएत रहनुभएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले पार्टी बिभाजनले बिचलत नहुन अनुरोध गर्दै सूर्य चिन्हको लोकप्रियता जिल्लामा कायमै रहको बताउनुभयो । महिलाहरु चुलो चौकामा मात्र सिमित नभई सामाजिक तथा राजनैतिक गतिबिधिमा पनि अग्रसर हुन आबश्यक रहको उहाँको भनाई थियो ।

पिप्लेमा युवाहरु र महिला दिदीबहिनीहरुको लहर एमालेमै भएकाले अब आउने चुनावमा जित सुनिस्चित भएको उहाँको दाबि छ । कार्यक्रममा वडा नं ३ का अगुवा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहको थियो ।

You can share this post!

नेपाली काँग्रेस म्याग्दीको बेनी नगर अधिबेशनमा मतदान सकियो, मतगणना सुरु

नेपाली काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की बिजयी

Related posts