मंगलामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्वर ५ कैलाशफाँट स्थित नवनिर्मित खेलमैदानमा आयोजित प्रतियोगिताको आईतवार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली (सुविन) ले उद्घाटन गर्नुभएको हो ।

पालिका भित्रका १ संस्थागत र ९ वटा सामुदायिक विद्यालय गरि १० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन सत्रमा आयोजित पार्चपासमा डर्निङ आवासीय मावि बाबियाचौरले उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।

मंगलबार सम्म संचालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा ३० वटा इभेन्ट संचालन हुनेछन ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री जुग्जालीले विद्यालय स्तरमा हुने खेलकुदले विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउन सहयोग पु¥याउने बताउनुभयो ।

विभिन्न संघ, संस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता, वडा नम्वर १ का अध्यक्ष एकजित रोकाको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो । आजैदेखि एथ्लेटिक्स विधाका विभिन्न खेलहरु सुरु भएका छन ।

प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार रुपैयाँ रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार र २० हजार रुपैयाँ पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

You can share this post!

मालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविले जित्यो

मन्त्री जुग्जालीद्धारा महरेन्द्ररत्न आधारभूत विद्यालयको भवन उद्घाटन

Related posts