धवलागिरी गाउँपालिका ७ बादिकाको भिरमा जिप दुर्घटना एकको मृत्यु ८ जना घाईते

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको बादिकाको भिरमा शुक्रवार विहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । ताकमदेखि दरबाङतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप बादिकाको भिरमा खसेर दुर्घटना भएको छ ।
दुर्घटनामा परेर धवलागिरि गाउँपालिका–७ ताकमका २७ बर्षिय विकास सुनारको मृत्यु भएको जिपमा सवार बाँकी ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।


सडक बाट जिप करिब ४ मिटर तल सल्लाको बोटमा अड्कीएको छ । चालक सहित जिपमा ९ जना सवार रहेका थिए । मृत्यु भएका सुनार जिप पल्टीँदा उछिटिएर करीब दुई सय मिटर तल भिरमा पुगेको प्रहरीले जनाएको छ । घाईते भएका सबैको अवस्था सामान्य रहेकाले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरि स्वाथ्य केन्द्रबाट नै डिचार्ज गरीएको जिप्रका म्याग्दीले जनाएको छ ।


ओरालोमा ब्रेकफेल भएर जिप दुर्घटनामा परेको बुझिन आएको र थप अनुसंधान भैरहेको प्रनाउ राईले बताउनुभयो । सडकबाट पल्टीएको जिप सल्लाको बोटमा अड्किएको र भिरमा खस्नबाट जोगिएकाले जिपमा सवार अन्यको ज्यान जोगिएको हो ।

You can share this post!

किर्तीमानी पुर्जाले गरे जन्मगाउँकाे स्वाथ्य चौकीमा स्वाथ्य सामाग्री सहयोग

बेनीमा माग्नेको आतंक

Related posts