लोकतन्त्र र गणतन्त्र रक्षा गर्न ताजा जनादेश आवश्यकः नेता बस्नेत (संसद थापा, नेकपाका नेता, र विद्यार्थी नेता पौडेल) के भन्छन् हेर्नुहोस् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि नै ताजा जनादेश आजको आवश्यकता भएको बताउनु भएको छ । सरकारका हरेक काममा प्रचण्ड र माधव नेपालले अवरोध गरेपछि सरकारले बाध्य भएर भारी मनका साथ ताजा जनादेशका लागि संसद विघटन गर्नु परेको बताउनु भएको छ । गलत र हरेक क्षेत्रमा पारीवारीक र आफ्नो स्वार्थलाइ मात्र स्थान दिने नेताहरुको हातमा सरकार सुम्पीन नसकेर देश र जनतालाइ प्रधानमन्त्री केपी शर्मा ओलिले सरकार सुम्पीनु भएको नेता बस्नेतले बताउनु भएको छ ।
जनताको पक्षमा सरकारले गरेको यो निर्णय प्रति केही व्यक्ती र स्वार्थका लागि राजनिती गर्ने राजनितीका खोल ओडेका मिडीयाकर्मीहरुले जनमतबाट निर्णय लिने कुरा लाइ निरंकुश भनेर कृतिम प्रचार गरिरहेको उहाँले बताउनु भयो । उहाँहरुले तत्काल चुनावमा जादाँ आफुहरु हार्ने पक्का पक्की भएको थाहापाएपछी सरकारले जनताको पक्षमा गरेको निर्णय माथि हमला भै रहेको नेता बस्नेतले बताउनु भयो ।
सुर्य चिन्ह्रमा प्रचण्डको नक्कली मायाः बस्नेत
२०७० सालमा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा सिरहामा लीलानाथ श्रेष्ठले जितेको सूर्य चिह्नको मतपत्र च्यातेर चुनाव जितेको र २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवनमा आफ्नी छोरी रेणु दाहाललाई मतपत्र च्यातेर चुनाव जिताएको प्रचण्डले छातीमा सूर्य चिह्न टाँसेर हिँड्नु त्यो नक्कली माया मात्रै भएको उहाँले बताउनु भएको छ ।
प्रचण्ड कहिले रोल्पाबाट, कहिले सिरहा र कहिले चितवनबाट उठेर निर्वाचन लड्ने गरेको आरोप लगाउँदै नेता बस्नेतले आगामी निर्वाचनमा कहाँबाट उठ्ने हो भन्ने ठेगान नभएको बताउनुभयो । उहाँले चितवनको चुनावमा प्रचण्डले नेपाली कांग्रेसलाई त्यहाँको निर्वाचन क्षेत्रमा बिक्रम पाण्डेलाई नउठाइदिन समेत आग्रह गरेको आरोप लगाउनुभयो । नेता बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालय कब्जा, बैंक खाता रोक्का गर्ने जस्ता कार्य नगर्न आग्रह गर्दै प्रचण्डलाई त्यस्तो गरेमा सह्य नहुने चेतावनी दिनुभयो ।
पूर्व मन्त्री तथा राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहेका नेता बस्नेतले अहिले नेकपामा जति पनि पार्टीका कमिटीहरु गठन भएका छन्, जति पनि सदस्यहरु मनोनित भएका छन् ती सबै केपी ओलीको सिफारिसमा भएकाले आधिकारिक भएको बताउनुभयो ।
उहाँले आगामी चुनावका लागि केपी ओली नेतृत्वको नेकपाले सूर्य चिह्न पाउनेमा कुनै विवाद नभएको तर्क गर्नुभयो । उहाँले अहिले नेकपा विभाजित भएर प्रचण्ड–माधव पक्षमा लागेका नेता, कार्यकर्ताहरु पुनः केपी ओलीको पार्टीमै फर्किने दावी गर्नुभयो ।


काँग्रेसलाई बस्नेतको प्रश्न
भेला लाइ सम्बोधन गर्दै बस्नेतले काँग्रेसलाइ प्रश्न गर्नु भएको छ । केपी ओलीले सरकार गठन गर्दा २ महिनासम्म अल्झाएको त्यो लोकतान्त्रिक हुने अनि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गरेर निर्वाचनको घोषणा गर्नु कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गर्नुभयो ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ योजनाको परिकल्पनाकार केपी ओली भएको बताउँदै नेता बस्नेतले अहिलेको सरकारले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सशक्त बनाएको बताउनुभयो । उहाँले आजको भू–राजनीतिमा चीन र भारतलाई गाली गर्ने नभई अन्तर्राष्ट्रियस्तरमा नेपालको सुमधुर सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।


सामाजिक सञ्जालमा भन्दा विकासमा आफ्नो कार्यकालः पुर्व संसद थापा
सोही भेलालाई सम्बोधन गर्दै विघठीत संसदको सदस्य तथा नेकपाका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले केपी ओली नेतृत्वको सरकारमा आफु सांसद हुँदा जिल्ला भित्र का विकास निमार्णका कामले तिव्रता पाएको बताउनु भएको छ । उहाँले आफुले थुप्रै विकास निर्माणका कामहरु गरेको बताउँदै विकास भन्ने कुरा प्रचारमा भन्दा पनि फिल्डमा गएर हेर्न बताउनु भयो । उहाँले आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि म्याग्दीलाई हिमाली जिल्लाको सूचीमा राख्न पहल गरेको, अन्नपूर्ण बेसक्याम्पको पदमार्गमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको रुईसे, पुनहिल, तातोपानी कुण्ड, महरेडाँडालगायत पर्यटकीय क्षेत्रको विकासका लागि प्रस्त बजेट ल्याएको । जिल्लामा सडक पिच देखि खानेपानीको समस्या समाधान गर्न जिल्लाका विभिन्न स्थानमा बजेट प्राप्त मात्रामा आएको बताँउदै सामाजिक सञ्जालमा भन्दा विकासका काममा आफुले जोड दिने गरेको बताउनु भयो ।


ओलि पक्षको लाल किल्ला हो नेकपा सँग चुनाव लढेर जितेर देखाउन काँग्रेसलाइ चेतावनी
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नवराज शर्मा, हरिकृष्ण श्रेष्ठ र सन्तोष रावलले म्याग्दी ओलि पक्षको नेकपाको लाल किल्ला भएको बताउँदै चुनाव जितेर देखाउन काँग्रेसलाइ चेतावनी दिएका छन् । पिपलको जरो मुनि केही मात्रामा आफ्ना कार्यकर्ता जम्मा पारि अहिले नै फलानो माननिय पक्का भन्दै जनता सामु धाक देखाउँदै काँग्रेसका नेता तथा कार्यकर्ताहरु हिड्ने गरेको आफुले थाहा पाएको भन्दै चुनाव लढेर जित्न काँग्रेसलाइ चेतावनी दिएका छन् । यदि दम भए जिल्ला भित्रको गौरवको रुपमा रहेको आयोजना अलपत्र पार्ने आफ्ना ठेकेदार लाइ कार्वाही गर्न काँग्रेसलाइ चेतवानी दिएका छन् । सरकारले विकासका काम गर्दा गर्दै पनि जनतामा निराशा ल्याउनका लागि केही खराब तत्वहरु जनता सँग खेलेको बताउदै अब जनताको घरघरमा नेकपा पुगेर बास्तवीक कुरा बुझाउने उनिहरुले बताए ।


युवा सर्मथनमा मात्रै नभएर हराएका ठेकेदा खोज्न पनि आएका हुन्ः विद्यार्थि नेता पौडेल
अनेरास्ववियू केन्द्रीय सदस्य तथा युवा नेता प्रकाश पौडेलले युवाहरु हराएका ठेकेदा खोज्न आएको बताउनु भएको छ । बेनी दरवाङ सडक खण्डका ठेकेदार तथा काँग्रेसकाबाट प्रतिनिधित्व गर्दै विघठीत संसदको सदस्य भएका लामा कन्ट्रक्सनका मालिक कता छन् योजना अलपत्र पारेर भनेर खोज्न आएको बताउनु भएको छ । उहाँले त्यसै गरी गलेश्व्र भगवती सडकको ठेक्का लिएको ठेकेदार तथा पेटि ठेक्का लिएका नेपाली काँग्रँसबाट निर्वाचित भएका जनप्रतिनिधि कता छन् भनेर पनि खोज्न आएको बताउँनुभयो । त्यसैगरी कालिगण्डकी करिडोर, लगाएत अलपत्र पारेका ठेकेदार कता छन् भनेर खोज्न युवाहरु आएको बताउनु भयो ।
कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य दिनेश केसी, भोजबहादुर थापा, नेकपा रघुगंगा गाउँपालिका अध्यक्ष दिपक बिखर्ची, धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, अनेरास्ववियुका केन्द्रीय सदस्य सावित्री केसी, युवा संघका जिल्ला सदस्य विजय घर्तीले मन्तव्य राखेका थिए ।
कार्यक्रम युवा संघका जिल्ला अध्यक्ष प्रवीण शाहीको अध्यक्षता, नगर संयोजक लक्ष्मण कटुवालको स्वागत र युवा नेता शिशिर शाहीको सञ्चालन र बाबुराम चोखालको धन्यवादमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदरमुकाम बेनीमा बाइकसहितको ¥याली निकालिएको थियो ।

You can share this post!

कोरोना संक्रमण बढेपछि बेलायतमा फेरि लकडाउन घोषणा

नैतिकता नभए पछि प्रचण्डले सुर्य चिन्ह्र आँखा लगाएः नेता बस्नेत

Related posts