म्याग्दी । पोखरामा जारी नेकपा एमालेको प्रथम प्रदेश अधिवेशनमा म्याग्दीका युवा नेता सन्तोष रावलले उप–सचिव पदमा उम्मेदवारी दिनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका रावल युवाहरुमाझ निकै लोकप्रीय नेताका रुपमा परिचित हुनुहुन्छ ।
हाल मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सचिवको जिम्मेवारी सम्हालीरहनुभएका युवा नेता रावलले मायानाथ अधिकारीको प्यानलबाट उपसचिव पदमा उम्मेदवारी दिनुभएको हो ।
म्याग्दीको बेनी नगरपालिका वडा नम्वर १ रत्नेचौरका रावल पार्टीका हेरक गतिविधिहरुमा सक्रियताका साथ लाग्ने उच्च छवि भएका युवा नेता हुनुहुन्छ । सम्पूर्ण युवाहरुको प्रतिनिधित्व गर्दै आफु प्रदेश कमिटीको उपसचिव पदमा उम्मेदवार बनेको रावलले बताउनुभयो ।
युवा संघ नेपालको लामो राजनैतिक यात्राबाट पार्टीको राजनीतिमा आउन लागेका नेता रावलले गण्डकी प्रदेशको उपसचिवमा पदमा आफुलाई मतदान गरि विजयी गराउन प्रतिनिधिहरुलाई अपिल समेत गर्नुभएको छ ।