कृषि र भेटेरिनरी कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक

म्याग्दी । म्याग्दीका दुई सरकारी कार्यालयले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन । शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरि कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा प्राप्त कार्यक्रम र बजेटबारे जानकारी गराएका हुन् ।

कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले यस बर्ष कार्यालयलाई रु ७ करोड ३ लाख ५७ हजार बजेट प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त बजेटमध्ये ५ करोड बढी विभिन्न कार्यक्रम र आयोजना सञ्चालनका लागि बजेट आएको छ ।

सबैभन्दा धेरै बजेट समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्धन आयोजनाका लागि रु ३ करोड बजेट आएको छ । फलफुलबाली विकास आयोजनाका लागी ७४ लाख, आलु तथा तरकारीबाली प्रवर्धन आयोजनाका लागि रु ३१ लाख, खाद्यान्न बाली प्रवर्धन आयोजनका लागि रु २५ लाख पचास हजार, कृषि व्यवसाय प्रवर्धनका लागि अनुदानमुलक कार्यक्रमका लागि रु २६ लाख, पोषण सुरक्षा कार्यक्रमका लागि रु २५ लाख, जलवायुमैत्री प्रविधि प्रवर्धन कार्यक्रमका लागि रु २० लाख बजेट विनियोजन भएको छ ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस बर्ष कार्यालयलाई जम्मा ३ करोड ३४ लाख बजेट प्राप्त भएको जानकारी गराएको छ । कार्यालयका निमित्त प्रमुख रामकृष्ण सुवेदीले चालुतर्फ रु ३ करोड २९ लाख र पुँजीगततर्फ रु ५ लाख ६० हजार बजेट विनियोजन भएको जानकारी दिनुभयो ।


उहाँले कार्यक्रम तर्फको बजेटबाट पशुपंक्षी विकासका लागि पशु स्वास्थ्य कार्यक्रम, पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रम, पशुपंक्षी तथा मत्स्य व्यवसाय प्रवद्र्धन, पशु आनुवंशिक स्रोत संरक्षण कार्यक्रम, पशु आहारा प्रवर्धन, सुसासन तथा पारदर्शीता प्रवर्धन लगायतका कार्यक्रम समेटिएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी किसान र कृर्षकहरुले बास्तविक कृषक र किसानहरुलाई लाभ हुने गरि कार्यक्रम कार्यान्वनय नहुने, पशुपालनतर्फको बजेट कटौती भएको , पहुँचवालाहरुले मात्रै सुविधा पाउने गरेको गुनासो गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले समृद्धि र आत्मनिर्भरका लागि कृषि क्षेत्रको व्यवसायिकरण र आधुनिकीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले वनलाई पर्या पर्यटनको माध्ययमबाट उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वनजंगलमा जटिबुटी खेतीको विस्तार र बाँदर आतंक रोक्नका लागि वन क्षेत्रमा फुलफुल रोपण गर्नुपर्ने आबश्कयता औँल्याउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिब सहदेव हुमागाई र कृषि विभागका महानिर्देशक वासुदेव रेग्मीले अनुदानका कार्यक्रमले सिमित कृषक र किसान लाभान्वित भएकाले यस बर्षदेखि कार्यक्रमहरुलाई आयोजनाहरुको रुपमा विकसित गरेर कार्यान्वयन गर्न लागिएको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले कृषि र पशुजन्य उत्पादन बजारको मागको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जीव बाँस्तोलाले गर्नुभएको थियो ।

You can share this post!

नेकपा माओवादी केन्द्रले बनायो रघुगंगामा तीन महिने कार्ययोजना

सुवाका बाढि पहिरो पीडितलाई राहत सामग्री सहयोग

Related posts