धादिङ बस दुर्घटना उपडेटः १३ जना गम्भिर घाईतेलाई काठमाडौँ लगियो

काठमाडौँबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनीको लागि छुटेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै त्रिशुली नदिमा खस्दा गम्भिर घाईते भएका १३ जना लाई उपचारका लागि काठमाडौँ लागिएको छ ।

बस दुर्घटनामा परि ८ जनाको घटना स्थलमानै मृत्यु भएको थियो । २५ यात्रु सवार बसमा १७ जना घाईते भएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ जना गम्भिर भएका घाईतेहरुलाई काठमाडौँ पठाईएको छ । उनिहरुको हाल ट्रमा सेन्टर अस्पतालमा उपचार भईरहेको छ । बाँकी ४ जना घाईतेहरुको मलेखु अस्पतालमा उपचार भईरहेको छ । अहिले उद्धारको काम सकिएको छ तर कुरिनटार बाट गएको गोताखोरको टोलीले नदिमा यात्रुहरु खोज्ने काम गरिरहको बताईएको छ ।

धौलागिरी यातायात प्रालिद्धारा सञ्चालित प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे धादिङको गजुरी गाउँपालिका–२ स्थित सडकबाट अनियन्त्रीत भई त्रिशुली नदिमा खसेको थियो ।

You can share this post!

धादिङको गजुरीमा बस दुर्घटनाः आठ जनाको मृत्यु

अन्नपूर्णले लगायो ३ पर्यटकीय स्थललाई आय ठेक्का

Related posts