बहराईनमा ‘सातौं मोना कप भलिबल प्रतियोगिता’ सम्पन्न

म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) बहराईनद्वारा आयोजित सातौ मोना भलिबल कप २०२३ सम्पन्न भएको छ । इस्लामीक धर्मावलम्बिहरूको दोश्रो ठुलो पर्व ईद उल अधा को अवसर पारी नेपालको नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

नेपाली राजदुतावास बहराइन नियोग उपप्रमुख श्री अरूणा घिसिङ्ग प्रमुख आतिथ्यतामा बहराइनको जिसीसी खेल मैदान अस्करमा आयोजित प्रतियोगितामा कुल १७ टिमले सहभागीता जनाएका थिए ।

प्रतियोगितमा पर्वत सेवा समाज प्रथम, नवलपुर बहराइन द्वितीय, लाङघाली सेवा समाज तृतिय, र आयोजक मोना बहराइनले शान्त्वना स्थानल हासिल गरेका थिए ।


प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडि आकस सुनारी, उत्कृष्ट स्पाईकर सुरेस केसी उत्कृष्ट लिब्रो तिलक पुन र उत्कृष्ट सेटर शुसन परियार घोषित भएका थिए ।
म्याग्दी जिल्ला अन्नपूर्ण गाउँ पालिका दोबा का लिला शेर्पुन्जा मगरले म्याग्दीको प्रचलित थाली नाच पन्चेबाजा मा नित्य प्रदर्सन गर्दै खेलमा उपस्थिति दर्शकलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो ।

प्रतियोगिता सफल बनाउनका लागि आर्थिक, नैतिक तथा भौतिक, रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद ज्ञापन गर्दै मोना वहराईनका अध्यक्ष लोक राम्जाली मगरले यो सफलताले आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरु संचालन गर्न हौसला मिलेको बताउनुभयो ।
प्रतियोगितामा मोना बहराईनका पूर्व पदाधिकारी बर्तमान कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले पनि महत्वपूर्ण आर्थिक सहयोग गर्नुभएको अध्यक्ष राम्जाली मगरले बताउनुभयो ।

भलिबल प्रतियोगिताको उद्घोषण कार्य समितिका लक्ष्मण विश्वकर्मा, अबिशेक श्रीपाली र शिब विश्वकर्माले गर्नुभएको थियो । मोना बहराईनका सदस्य केस बुढाथोकि र गुल्मी सेवा समाज का सदस्य अर्जुन खरेलले प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नुभएको थियो ।

You can share this post!

मंगला शिक्षा क्याम्पसको खाली जग्गामा फलफुल खेति सुरु

छिपछिपेमा झोलुङ्गे पुल निर्माण, स्थानीयवासी हर्षित

Related posts