आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा २०५१ देखि काठमाडौं १ मा निरन्तर चुनाव लड्दै आएका नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पुनः उम्मेदवारी दिएका छन् । २०५१, ०६४, ०७० र ०७४ मा उनी सांसद् निर्वाचित भइसकेका छन् । चार दशकदेखि राजनीतिमा पटक-पटक मन्त्री भएका नेता हुन् । तर अहिले भने उनलाई चुनाव जित्न ठुलो संघर्ष गर्नु पर्ने देखिन्छ। पार्टीगत र स्वतन्त्र उम्मेदवार गरि कुल ३१ जनाले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन् ।
उनका मुख्य प्रतिस्पर्धीको रुपमा बाल कृष्ण न्यौपाने रहेका छन् । सिंहले लामो समय देखि राजनीतिमा र सत्तामा रहदाँ पनि यस क्षेत्रको लागि खासै उल्लेखनिय काम गर्न नसकेको स्थानिय जन गुनासो रहेको छ। यसका साथै सामाजिक संजालमा सिंह बिरुद्ध चलेको #NoNotAgain Campaign ले पनि नकरात्मक प्रभाव पारेको देखिन्छ। यसको प्रत्यक्ष लाभ बाल कृष्ण न्यौपानेले लिने छन् किन भने उनि काठमाडौं क्षेत्र नं. १ का एकमात्र स्थानिय बासिन्दा हुन भने र अन्य उम्मेदवारहरु काठमाडौँ १ भन्दा बाहिरका स्थानिय बासिन्दा रहेका छन् ।
राष्ट्रियता, भ्रष्ट्राचार विरोधी र जनजिविकाकापक्षमा खरो रुपमा उत्रदै आएका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने नेपालका लागि नेपाली पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभाको सदस्य हुन्।
हामीले घरदैलो कार्यक्रममा जुटिरहेका न्यौपानेलाई भेट्दा उर्जाशिल अवस्थामा मतदातासँग बोलिरहेका थिए । उनको मतदातासँग भनाई थियो, ‘मेरो निजी स्वार्थ केही छैन । जनताका समस्या, संविधानमा देखिएका समस्यामा काम गर्छु, बाहिर हुँदा पनि देशका लागि काम गरे, संसदमा गएर पनि राष्ट्रका लागि काम गर्छु । देश जोगाउन, भ्रष्ट्राचारीलाई जेलमा कोच्नका लागि मेरो भूमिका रहन्छ ।’
आफू संसदमा पुग्दा पनि देश जोगाउन र भ्रष्ट्राचार नियन्त्रणको लागि अनसन बस्नै पर्ने अवस्थामा पनि तयार रहेको उनको भनाई थियो । ‘नेपाली जनताले पार्टी र नेता पनि नयाँ खोज्ने बेला आएको छ । अब देश अहिलेको अवस्थामा पुराउने पुराना दललाई भोट दिनुहुँदैन ’ उनले मतदातासँग भने ।
उनले आफूसँग काठमाडौंको व्यवस्थापनका स्पष्ट योजना रहेको उनको दावी छ । उपत्यकाका पार्क तथा पार्किङको व्यवस्थापनको लागि धेरै सार्वजनिक जग्गा भएको भएपनि त्यसलाई प्रयोग गर्ने योजना आफ्नो पार्टीसँग भएको उनले बताए ।
गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले महाकाली बेचेर खाने अवस्था आउँदा आफूले बचाएको उनको दावी छ । उनले विभिन्न सरकारले भारतीयलाई नागरिकता दिने प्रपन्च रच्दा आफू ढाल बनेर उभिएको उनदे बताए ।
‘मनपरी नागरिकता बाँढेर नेपालीलाई अल्पमतमा पार्ने षडयन्त्रलाई मैले रोकें, यो नरोकेको भए मुलुक सिक्किम र फिजि बन्थ्यो, ललिता निवास काण्डका जिम्मेवार उच्च तहका नेतालाई समेत छानविनको दायरामा ल्याउन सक्षम भएँ’ उनले भने । उनले आफूले अख्तियारको छानविनको दायरा बढाएर प्रधानमन्त्रीसम्मलाई छानविनको दायरामा ल्याउन सफल भएको समेत बताए ।
उनले यसो भनिरहँदा मतदाता मध्येका केहीले भन्दै थिए, ‘बाहिर यति सक्रिय रहने व्यक्ति संसदमा गए देश जोगाउन यीनको एक्लो आवाजपनि पर्याप्त छ ।’ देश रहने र नरहने काठमाडौं १ को परिणामले देखाउने न्यौपानेको आफ्नै दावी छ ।
गणतन्त्र, धर्म निरपेक्षताको पक्षपाती रविन्द्र मिश्र अवसरवादी भएकोले अहिले राजावादी भएर चुनाव लड्न आएको , राजा र हिन्दु राष्ट्र राप्रपाको व्यापार मात्र गरेको भन्दै आफ्नो पार्टी मात्र राजतन्त्रको पक्षपाती भएको उनको दावी छ । उनले काठमाडौं १ मा आफूले जित्नेमा ढुक्क भएको बताए ।
‘प्रकाशमान सिंहले १५ वर्ष सिन्को भाँचेनन्, संसदमा बोलेनन्, नागरिकता विधेयक पास गराउन लागे, एमसीसी पास गराउन लागे । महानगरको मेयरमा श्रीमतीलाई सिफारिस गराउन र आर्थिक लेनदेनको शर्तमा देउवालाई साथ दिएको आरोप छ उनलाई कांग्रेसले पनि भोट दिन्न’ उनले भने ।