मोना अन्तराष्ट्रियको अध्यक्षमा घारका ददिवल खड्काको उम्मेदवारी

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय कार्यकारी समितिको अध्यक्ष पदमा जापानबाट ददिवल खड्काले उम्मेदवारी दिनुहुनेभएको छ ।
आगामी असोज २६–२८ (अक्टोवर १३–१५) सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पाँचौं महाधिवेशनमा वर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।

अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली थलो भै लामो समयदेखी जापानलाई कर्मथलो बनाउँदै आउनुभएका सफल ब्यवसायी खड्काले मोनाको नेतृत्व गर्न अगाडी सर्ने बताउनुभएको छ ।

असल व्यत्तित्व, कुशल नेतृत्व क्षमता र परोपकारी भावना भएका खड्का मोनाको आगामी नेतृत्वकालागी सर्वस्वीकार्य हुने ठानिएको छ । संस्थाको उद्देश्य प्राप्तीका लागि आवश्यक समन्वय, सहकार्य र नेतृत्वदायी भूमिका नर्वाह गर्न म सक्षम छु त्यसैले पनि यसपालि मोना अन्तराष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा मेरो दावि रहन्छ, खड्काले भन्नुभयो ।

जिल्लाभित्र र विश्वका विभिन्न मुलुकमा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय समवन्वय परिषद गठन भएको थियो ।

पुनकै अगुवाईमा एनआरएनएको तेस्रो विश्व सम्मेलनमा भाग लिन काठमाण्डौ आएका र दशैं मान्न पुख्यौली थलो आएका प्रवासी म्याग्देलीहरुको भेलाबाट परिषद गठन भएको थियो ।

संस्थापक प्रकाश पुन (ताकम) बाहेक मोनाको हालसम्म चार जनाले नेतृत्व गरिसक्नुभएको छ । पहिलो अधिवेशनबाट मराङका योगेन्द्र केसी (बेलायत), दोस्रो अधिवेशनबाट ताकमका चक्रबहादुर थापा (न्युजिल्याण्ड), तेस्रो अधिवेशनबाट विमका ओमनारायण जुग्जाली (कोरिया) अध्यक्ष बनिसक्नुभएको छ । त्यस्तै चौंथो अधिवेशनबाट गुर्जाका अमर छन्त्याल (अमेरिका) बर्तमान कार्य समितिका अध्यक्ष हुनुहुन्छ । मोनाको प्रत्येक दुई बर्षमा अधिवेशन भई नयाँ नेतृत्व चयन हुँने गर्दछ ।

You can share this post!

दरबाङको अल्काचौरमा प्राथमिक आँखा उपचार शिविर

गण्डकीको भौतिक मन्त्रालयले रोकिएका आयोजना घटायो

Related posts