विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या

मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या भएको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले भने ।
श्रेष्ठको हत्या भएको मृतकका भतिज महेश श्रेष्ठले प्रहरीलाई जानकारी गराएका थिए ।
महेशको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक खड्काले मंगलबार बिहान करिब ७ बजे घरबाट केही टाढा रहेको जंगलमा श्रेष्ठको हत्या भएको बताए ।

You can share this post!

बिजुलीको पहुँच सबैभन्दा बढी गण्डकी प्रदेशमा

नेपालमा कोरोना निको हुने दर ९४.१ प्रतिशत, संक्रमितमध्ये ६६.५ प्रतिशत पुरुष

Related posts