स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम

नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६ औं स्मृति दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ । बेनपा–१ रत्नेचौरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूजिल्लामा कांग्रेसको जग बसाउन स्वर्गिय बोगटीले खेलेको भूमिकालाई आत्मसाथ गरी पार्टीलाई थप उचाईमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।

स्मृति दिवसको उद्घाटन गदैं नेपाली कांग्रेसकी केन्द्रिय सदस्य चम्पादेवी खड्काले पार्टीका संस्थापकहरूको सपना पुरा गर्ने गरी पार्टीका हरेक गतिविधिहरू अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले देशमा संकट पर्दा कांग्रेसले नेतृत्व गर्ने गरेकाले इतिहासमा कांग्रेसकै नेतृत्वमा विभिन्न आन्दोलनहरुमा सफलता प्राप्त भएको बताउनुभयो।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ, पूर्व सहसभापति नेत्र बहादुर महत, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजा, साहित्यकार एवम् नेकाका नेता अजयमिलन श्रेष्ठ, वडाका निर्वतमान सभापति बसन्त बोगटी र नरबहादुर थापा क्षेत्रीले मन्तब्य राख्नुभएको थियो ।

त्यस्तै ओम्बो ट्रस्टद्धारा भानु माविमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने यमुना नेपालीलाई नगद ५ हजार सहित सम्मान गरिएको थियो भने अपाङ्गता भएका विपन्न परिवार लालबहादुर किसान र रामजी नेपालीलाई न्यानो कपडा वितरण गरिएको थियो ।

संस्थापक सभापति स्व। बोगटीलाई मरणोपरान्त “रत्नेचौरको रत्न“ उपाधि सहित सम्मान गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि खड्काले स्वर्गवासी ओमबहादुर बोगटीका पत्नी लीला बोगटीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो । स्मृति दिवसको वडा सभापति कमल थापा मगरको अध्यक्षता र महाधिवेशन प्रतिनिधि विक्रम बोगटीको सञ्चालनमा सम्पन्न भएको थियो।

You can share this post!

एकै दिन १० हजार २५८ जनामा संक्रमण पुष्टि

संविधानबमोजिम नै स्थानीय तहको निर्वाचन

Related posts