कुहुँका वडा अध्यक्ष रोका एसइईमा उर्तिण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका वडा अध्यक्ष एकजित रोकाले पढाई छाडेको २१ बर्षपछि पुनः एसइई परिक्षा दिएर उर्तिण हुनुभएको छ । माध्यमिक शिक्षा परीक्षा–२०७९ ( एसइई )मा दिपशिखा मावि कुहुँबाट परिक्षामा सहभागी हुनुभएका वडा अध्यक्ष रोकाले २ दशमलब ६५ जिपिए ल्याएर उर्तिण हुनुभएको हो ।

वि.स. २०५८ सालमा एसएलसी परिक्षामा सामेल हुनुभएका रोकाले अनुर्तिण भएपछि पढाई नै छाड्नुभएको थियो । एसएलसीमा फेल भएपछि वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा ८ बर्ष समय विताउनुभएका रोका २०६९ मा स्वदेश फर्कनुभएको थियो ।

स्वदेश फर्किएपछि स्थानीय देउराली युवा क्लब लगायतका संघ संस्थामा आबद्ध हुनुभएका रोका गत बर्षको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाईलाई निरन्तरता दिन सुझाब आएको र आफुलाई समेत पटक–पटक पढाईको आबश्यकताको महसुस भएपछि एसइईमा सामेल भएको वडा अध्यक्ष रोकाको भनाई छ ।

You can share this post!

एसइईमा प्रकाश माविका समिर सुवेदीले लिए सर्वोकृष्ट नतिजा

राम गगनको ‘जाम भो साईली’ मनै धर्काउने गीत साँगीतिक बजारमा (भिडियो सहित)

Related posts