मंगला गाउँपालिकाको केन्द्र बावियाचौर लाम्पाटाबाट सल्लानतर्फ हिडेको जिव दुर्घटना भएको छ । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा परी एकको मृत्यु भएको छ, भने ५ जना घाइते भएका छन् । बावियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१च ०२५२ नम्बरको बोलेरो जिप भाइबाङ खोला नजिकको सडक बाट खसेर दुर्घटना भएको हो ।
दुर्घटनमा परेर जिपमा सवार ११ बर्षिय बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनमा परि जिपका चालक ४२ बर्षका खुमबहादुर कटुवाल सहित पाँच जना घाईते भएका छन् । घाईतेहरु चालक कटुवाल र उहाँकी श्रीमती सुनिता क्षेत्री, जिपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारको लागि बेनी अस्पतालतर्फ ल्याईएको छ । के कारणले जिप दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।