मेरो जीवनको खास दिन जेठ २७

अमृता जिसी रोका
म्याग्दी,
‘अन्तरजातीय विबाह सबैलाई मनपर्छ तर आफ्नो होइन् अरुको परिवारमा’ हामी यस्तो समाजमा छौ जहाँ आज पनि जातीय विभेदका कारण कयाँै सम्बन्ध छुटेका छन् छुटाईएका छन् या भनौ सम्बन्धलाई शहिद बनाईएको छ । त्यति सजिलो छैन श्लोक जसरी भन्न “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन्” गाह्रो छ व्यवहारमा उतार्न । हामी सबै कुरामा सक्षम भयौ तर हाम्रो सोचलाई फराकिलो बनाउन सकेनौ । जब सम्म हामी आफ्नो सोचलाई परिवर्तन गर्न सक्दैनौं तब सम्म हामी समाज रुपान्तरणको कल्पना समेत गर्न सक्दैनौ ।

जातीय विभेद यहाँ ठुला जातभित्र पनि छ सानो जात भित्र पनि छ । यो समाजमा जस्लाई केही गर्छन् भन्ने आशाले माथिल्लो ओढामा पुर्याएका हुन्छन् उनीहरुबाट नै जातीय विभेदको धुप अझै बलेको देखिन्छ । काटे रगत सबैको रातो हो सामान चल्छ तर सम्मान अझै चल्न सकेको छैन्। । थाहा छ राम्रोसँग, प्रेम जस्तो सहज हुँदैनन् बिवाह किनकि प्रेम दुई आत्मको मिलन हो भने विबाह दुई परिवारको मिलन हो तर त्यो जोडीले आफु सँगै आफ्नो परिवारको धारणा प्रेम हुनभन्दा पहिले नै परिकल्पना गरेर नातालाई अगाडी बढाउने कि यहीँ सिमित राख्ने तय गर्नुपर्छ । सुरु गरौ कुरा मेरो परिवारबाट नै म अनि मेरो परिवार समावेशी परिवार हो अनि हामी दुबै समाजलाई केही दिन सक्छौ कि भन्ने अभिलाषाले हिडेका योद्धा हौ ।

जीवन निरन्तर बग्ने नदि जस्तै हो कहिले ढुङ्गासँग कहिले माटो कहिले बालुवा कहिले पहरा त कहिले छहरासँग सिगोरी खेल्दै अगाडी बढ्नुपर्छ । जिन्दगी यात्रा हो हामी जिन्दगीका यात्री हौ हिड्दै जाँदा कति शत्रु बन्छन् कति मित्र कोहीसँग मन गाँसिन्छ कोहीसँग साथित्व ,त्यति नजिकबाट चिरपरिचित त हामी थिएनौ तर प्राप्त थियो बुझ्नलाई स्वभाव अनि बानी–व्यवहार जब मनसँग मन मिल्छ तव जात धर्म र सम्पत्ति पनि फिक्का लाग्ने रहेछ ।

समयको पावन्दी कस्तो तरिकाले चल्दोरहेछ भने नदेखेको गाउँ, नभेटेको मान्छे बिरानो ठाउँ आफ्नो भयो पत्तै भएनछ । हेप्पी वर्ड डे कमरेड हजुरको क्याम्पस डिएमसी होइन् ? मेरो प्रतिउत्तर हो कमरेड अनि हजुरको नि ? मेरो एमएमसी हो कमरेड, उहाँबाट आएको उत्तर थियो । हाम्रो पहिलो भेट सामाजिक संन्जाल थियो भने प्रत्यक्ष भेट पृथ्वीनारायण क्याम्पसको हलमा भएको थियो ती म्यासेज र दिनहरु मेरो मानसपटलमा अझै ताजा बनेर बसेका छन् । सम्बन्ध मज्बुत बनाउन दिनँहु भेट हुनुपर्छ भन्ने छैन ,देख्नुपर्छ भन्ने छैन तर मनदेखि चिन्नुपर्छ । एकअर्काको बानी व्यवहार जस्को कारण भोली जिन्दगीमा कुनै अप्ठ्यारो परिस्थिति सृजना नहोस् ।

वर्गीय नाता पनि अर्को सुत्र थियो हामीलाई सम्बन्धमा बाँध्ने, जहाँ कुनै जात हुँदैनन् धर्म हुँदैनन् । उहाँलाई मेरो व्यत्तित्व मन पर्दथ्यो मलाई उहाँको नेतृत्वसँगै बोली आकर्षण गर्ने धेरै तरिका होलान् तर हाम्रो सम्बन्धको गोरेटो यिनै थिए । हाम्रो बारे सबैलाई थाहा थिएन जस्लाई थियो उनीहरूले भन्थे परिवारले स्विकार्नु हुन्छ ? मैले प्रतिउत्तरमा भनिदिन्थे के छ र त्यस्तो अस्विकार गर्नुपर्ने । छोरी भनेको फुल जस्तै हो जहाँ भमरा आउनु स्वभाविक थियो घरमा कुराहरु चलिराथ्यो तर मास्टर सकेर राम्रो जागिर गरेर बिहे गर्ने सोचमा थियौ हामी ।

२०७९ साल बैशाखको स्थानिय चुनाव प्राय जस्तो दुबै व्यस्ता थियौ चुनाव प्रचारमा एकदिन बेलुका उहाँले अब त बिहे गर्नुपर्छ भन्ने कुरा निकाल्नु भयो म झसंग भए मैले भने हाम्रो प्लान त फरक थियो । उहाँले भन्नु भयो थियो तर कयौ सम्बन्ध टुटेको देख्दा ,तपाईको घरमा हात माग्नेको ताँती लाग्दै गर्दा बलियो मुटु पनि कमजोर बन्छ कि भन्ने डर लाग्न थाल्यो । छोरी हो जसरी एकदिन अर्कोको घरमा जानुपर्छ त्यही हो ढिलोचाँडो मलाई मेरो तर्क भन्दा बढी उहाँको तर्कले पेल्न थाल्यो तर त्यहो दिन मैले निर्णय लिन सकिन्न । भोलिपल्ट मेरो आमा सम्मान ठुलोमामुलाई कुरा गरँे हाम्रो प्रेम सम्वन्ध र विहेको बारेमा । उहाँले भन्नु भो, ‘ठिक छ तिमीहरूलाई राम्रो हुन्छ, एक अर्काको साथले जिन्दगी विताउन सहज हुन्छ भने हामी बाधा बन्दैनौ छोरी विहे गर’ ।

बाबा ममीलाई भन्ने मेरो आँट थिएन । मैले ठुलोममीलाई बाबा ममि संग कुरा गरिदिनु अुनरोध गरेँ । र त्यस्को बेलुका मैले मेरो प्रेमीलाई हुन्छ म बिहे गर्न राजी छु तर एउटा सर्तमा हामी अदालती विवाह गर्नुपर्छ । तर पहिले परिवारको सल्लाह लिएर मात्र । मैले यति भनेपछि उहाँले पनि मेरो कुरामा सहमती जनाउनुभयो । हामी आ आफ्नो वडाको सिफारिस लिएर उहाँ अस्थायी बसोबास गरेको वडाको सिफारिस लिएर साँची सहित प्राइवेट वकिललाई बुझायौँ । २०७९ साल जेठ २७ गते अदालतमा पेस गर्ने योजना सहित हामी त्यहाँबाट निस्किएर विहेको कपडाको अडर दियौँ । कपडा २६ गते तयार हुने भयो । मलाई यताउता गर्ने गाह्रो हुन्छ भनेर मिलनचोक दिदी सँग बसे दिदी साथी जस्तै भएपनि मलाई भन्ने आँट भएन किनकि हाम्रो योजना अनुसार हामीले अदालती विवाहपछि म बाग्लुङ फर्किने उहाँ बेनी नै बस्ने थियो । भोलिपल्ट कपडा लिएर घर आए त्यहो दिन घर नै उजाड लागेको थियो तर मैले हाम्रो योजना सम्झिदाँ भोली त म फेरी यही आउँछु भन्ने थियो त्यसैले मनमा धेरै पिर नराखी सुते । भोलिपल्ट २७ गते बिहान एउटा ट्याक्सी लिएर एकदुईजना साथी सहित बेनी पुगे । हाम्रो योजना त्यही बिहान नै बिफल भैसकेको थियो किनकि भित्र भित्र सबैलाई थाहा भईसकेको थियो हामी मन्दिरबाट अदालतमा नपुग्दै धेरै व्यक्तिहरु त्यहाँ उपस्थित भईसक्नु भएको थियो ।

कुनै एउटा कार्यक्रमबाट निस्किएको जस्तै लाग्छ मलाई त्यहो विःस २०७९ जेठ २७ गते जहाँ नाम सुनेका नदेखेका मान्छेहरु प्राप्त थिए न सवारी साधानका ताँती, न जन्तीको लाबालस्कार, न हातमा चुरा, न शिरमा सिन्दुर, न घाँटीमा पोते न पाउमा पाउजु, थिए त फेसवुको न्युजफिडभरि भरि रंगीत तस्बिर, हाम्रो बधाईका अनि पत्रपत्रिकामा छापिएका हाम्रा नामका अक्षरहरु, गलामा स्वागत छ है भन्दै लगाईदिएका कपडाका रंगिन खादाहरु, लाग्दैन थियो म कसैको बेहुली हुँदै छु लागीरहेको थिएन् मेरो थर फेरिदै छ ,लाग्दैन थियो एउटा कमरेड को डियर कमरेडबाट डियर श्रिमती बन्दै छु, कसैको घरको छोरी शब्दबाट बुहारी शब्दमा उच्चरित हुँदै छु ।

अहँ अदालतको त्यो नौलो ढोकामा जाँदा पनि मलाई आभाष भएको थिएन् कि म नयाँ जिबनमा प्रबेश गदै छु, फेसबुकमा रंगिन तस्बिर सबैका हात हातमा पुगिसकेका थिए मेरो फोन को रिङटोन निरन्तर बजिरहेको थियो । बधाई शब्द पनि त्यो दिन निकै सस्तो लागीरहेको थियो, खै थाहा छैन न मन खुसी थियो न आँखा भोको थिए न अनुहार चम्किलो तर पनि त्यो दिन विशेष लाग्छ आज सम्झिँदा । विभिन्न राजनितीकर्मी र पत्रकारको उपस्थितिले मलाई त्यही कल्पनामा पुराएको थियो लाग्थ्यो म कार्यक्रम छु किनकि त्यहाँ हाम्रा बर्गिय आफन्त मात्रा हुनुहुन्थ्यो एउटा बिहेमा त नाता ईष्टामित्र हुनु पर्न थियो नी ।

वकिलले प्रमाणपत्र हाम्रो हातमा थमाईदिदाँ लागीरहेको थियो कुनै पार्टीको प्रमाण पत्र लिईराखेका छौँ, जहाँ हाम्रो कामको उच्च कदर गरि शब्द लेखिएको छ वरिपरि पत्रकारको क्यामेरामा हामी कैद हुँदा मलाई लागीरह्यो उहाँले हाम्रो तस्बिर सँग यो पत्रको महत्व बर्णन गर्ने लाग्नु भएको छ, अभिवादन कमरेड स्वागत छ भन्दै रहँदा यो ओठले कति बेला धन्यवादको शब्द टक्रायो पत्तै पाईन्न, सहजता त पक्कै थिएन् होला जिम्मेवारी सँगै कसैलाई दिएको बाचा पूरा गर्ने सबैलाई खुसि पार्ने त पक्कै पनि नसकिएको होला खुसी पार्ने प्रयत्नमा जुट्ने छौ ।

समाजलाई परिवर्तनमा रुपान्तरण गर्न हिडेका हामी यो पहिले परिवर्तन हाम्रो जिबनको सुरुवात बाट, थाहा छ मलाई जिबनमा त्याग गर्ने सक्ने मान्छेले नै अगाडी बढ्न सक्छ । जिबनको यात्रामा अप्ठारो खुड्किलाहरु निकै आउँछन् त्यसको सामाना गर्ने सक्ने सामथ्र्य हुनुपर्छ, त्यहो खुब, साहस, ईमान्दातिता, निष्ठा मैले तपाईभित्र पाएको छु प्रीय समिर, आजत एकवर्ष भईसकेछ म हजुरको श्रीमति बनेर हजुरको घरमा भित्रिएको पनि । हेप्पी एनिभर्सरी ! मायाको सागरमा मायाकै डुङ्गा सयेर गर्नुछ सयौँ जुनी सम्म ।

You can share this post!

उत्कृष्ट लोगोले पाएको पुरस्कार बौद्धिक अपाङ्ग र बहिरा विद्यार्थीलाई सहयोग

बेनी नगरपालिकाद्वारा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम संचालन

Related posts