काठमाडौं । उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठका छोरा प्रशान्त श्रेष्ठले काठमाडौंको पुतली सडक कुमारी हल जाने बाटोको स्टार मल छेउमा हिमालयन जाभाद्वारा प्रवद्र्धन गरिएको मोक्का क्याफे सञ्चालनमा ल्याउनु भएको छ ।
म्याग्दी सदरमुकाम बेनी बजारका श्रेष्ठको परिवारलाई जिल्लामा सफल व्यवसायीक घरनाका रुपमा चिनिन्छ । केही बर्ष पहिलामा मात्रै श्रेष्ठ परिवारले बेनी बजार नजिकै रहेको सिंङ्गा तातोपानीमा १५ करोड लगानीमा श्रेष्ठ होटल हटस्पिरिङ सञ्चालनमा ल्याएको थियो ।
हिमालयन जाभा द्वारा प्रवद्र्धन गरिएको मोक्का क्याफे शुक्रबार देखि सञ्चालनमा आएको छ । उक्त क्याफेको सञ्चालक प्रशान्त श्रेष्ठका बुबा प्रमोद श्रेष्ठ र हिमालयन जाभाका प्रबन्ध निर्देशक निशान गुरूङले संयुक्त रूपमा उद्घाटन गर्नु भएको छ ।
उद्घाटनका क्रममा बोल्दै उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष समेत रहनु भएको प्रमोद श्रेष्ठले काठमाडौंमा सुविधा सम्पन्न क्याफेको प्रचलन बढेकोले युवाहरूलाई लक्षित गरि क्याफे सञ्चालनमा ल्याईएको बताउनु भयो । हिमालयन जाभाको भन्दा सस्तो मुल्यमा कफि लगाएत अन्य परिकारहरू क्याफेमा उपलब्ध हुने उहाँको भनाई छ ।
क्याफेका प्रबन्ध निर्देशक प्रशान्त श्रेष्ठले क्याफे बिहान ७ः०० बजे देखि बेलुका ७ः०० बजे सम्म खुल्ला रहने र सस्तो तथा स्तरीय क्याफे सञ्चालन गरिएकोले सबैलाई उक्त क्याफेमा आई सेवा गर्ने मौका दिन समेत अनुरोध गर्नु भएको थियो ।