सडकमा भएको भ्रष्टाचार रोक्न भन्दै एक युवा ५ घण्टादेखि विद्युत हाइटेसन लाइनमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी बिजुलीको हाई भोल्टेज प्रसारण लाइनको पोलमा चढेका छन्।

उनी सडकमा निर्माण भइरहेको रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएको भन्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् ।

उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।

उनी शनिवार बिहान ६ बजे पोलमा चढेको स्थानीयले बताएका छन् । उनी हाइटेसन लाइनको पोलमा चढेको साढे चार घण्टा भएको छ ।

अहिले पनि दुहबीबाट झापाको दमक तिर गएको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा टावरमा चढेका छन्,’ बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारु चौधरीले भने, ‘करिब ३० मिटर उचाइमा प्रसारण लाइनको टावरमा रहेका छन् । ती युवालाई उतार्न हामीले पहल र प्रयत्न गरेका छौँ । तर, युवाले मानिरहेको छैन ।’

अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग सुनाइ हुने बातवरण बनाए मात्र उत्रिने बताउँदै आएको स्थानीय बताउँछन् । nepalpress

You can share this post!

पशु स्वास्थ्य शिविरबाट १ सय ५३ जना किसानहरु लाभान्वित

धवलागिरि हिमालमा बेपत्ता भएका व्यक्तिको शव ७ महिनापछि भेटियो

Related posts