एसिड प्रहार गर्नेलाई नयाँ कानुन बनाइ कार्बाही गर्न ओलिको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलिले एसिड प्रहार गरेर समाजमा हिंसात्मक गतिविधिमा सक्रिय हुनेहरुका लागि कार्बाही गर्न नयाँ कानुन बनाइने बताएका छन् । एसिड प्रहार जस्तो अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न १५ दिन भित्र कानुन मस्यौदा तयार पार्न निर्देशन गरेकाछन् । एसिड आक्रमणका घटनामा परेका १२ जना पीडितहरु सहभागि बिहीबारको एक कार्यक्रम मा ओलिले तत्काल कानुन निमार्ण गर्नका लागि मस्यौदा तयार पार्नका लागि निर्देशन गरेका हुन् ।
एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरु समेतको उपस्थितिमा गरिएको सो परामर्शकाक्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको व्यवस्थापनको निर्देशन समेत दिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुङ्बाहाम्फे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिव समेतको उपस्थितिमा भएको उक्त अन्तरक्रियामा सम्बन्धित मन्त्रालय र निकायहरुलाई आ–आफ्नो कार्यक्षेत्रको जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।
कार्यक्रममा प्रम ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले बेहोर्ने घोषणा गरेका हुन् । अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु¥याएर उपचार गर्ने व्यवस्था सरकारले मिलाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । आक्रमणकापछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध मिलाउने, तालिम, रोजगारी, सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने, र जिविकोपार्जनको प्रबन्ध सरकारले मिलाउने समेत उनले बताए ।
कान्तिपुरबाट

You can share this post!

आएका १२ जनामा १ जना मात्र कोरोना पोजेटिभ

अनलाइन कक्षाको शुल्क कति ?

Related posts