शिक्षक चोखालद्वारा जन्मदिनको अवसरमा अक्षयकोषमा आर्थिक सहयोग

म्याग्दी । म्याग्दीका एक शिक्षकले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाको बेनी नगरपालिका –९ नेप्टेचौर स्थित राष्ट्रिय माविका शिक्षक शंकर चोखालले बैशाख १३ गते (आज) परेको जन्मदिनको अवसरमा अक्षयकोषका लागि रु ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको हो । उहाँले सो रकम विद्यालयका लेखापाल रामचन्द्र पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।

नेप्टेचौर निवासी चोखालले गत बर्षको जन्मदिनमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको थियो । प्रत्यक बर्ष रकम जम्मा गर्ने गरि स्थापना गरिएको कोषमा यस बर्ष पनि रु ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गर्नुभएको हो । यो संगै कोषको रकम हाल ३३ हजार ३ सय ३३ रुपैयाँ पुगको छ ।

राष्ट्रिय मावि र आसपासका गरिव तथा विपन्न विद्यार्थीहरु र उच्च नतिजा ल्याउने विद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहन तथा सहयोग गर्नका लागि आफैले व्यक्तिगत रुपमा अक्षयकोष स्थापना गरेको शिक्षक चोखालले बताउनुभयो ।

अक्षयकोषमा प्रत्यक बर्षको जन्मदिनमा रकम थप्दै जाने योजना रहेको उहाँले बताउनुभयो । राष्ट्रिय माविकामा अंग्रेजी बिषय अध्यापनरत शिक्षक चोखालले जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कम गरि बचत गर्ने बानीको विकास गर्न विद्यार्थीहरुलाई पनि अनुरोध गर्दै आउनुभएको छ ।

जन्म दिनको अवसरमा उहाँले राष्ट्रिय माविका केही विद्यार्थीहरु र रघुगंगा मावि पिप्लेका केही विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गर्नु भएको छ ।

You can share this post!

धौलागिरी सहकारीका सदस्यलाई सदस्य शिक्षा तालिम

दरवाङमा संचालित स्तन तथा पाठेघर सम्वन्धी शिविरमा ३६२ जनाले सेवा लिए

Related posts