खिबाङ्गको खाम्ला भिरबाट लढेका मजदुरको हेलिकप्टर मार्फत उद्धार

म्याग्दीको धवलागिरी गाउँपालिका ४ खिबाङ्गको खाम्ला भिरमा धौलागिरी राउन्ड प्रर्यटन पदमार्ग निमार्णको काम गरीरहेका बेला अचानक भिर बाट खसेका मजदुरको हेलिकप्टर मार्फत उद्धार गरीएको छ ।
गाउँपालिकाको अध्यक्ष थमसरा पुनको समन्वयमा घाइते सिन्धुली जिल्लाका २८ बर्षीय बिजय राईको हेलिकप्टर मार्फत पोखरा स्थीत मनिपाल शिक्षण अस्पतालमा उद्धारगरीएको खिवाङ्गका स्थानीय युवा होमनाथ शर्माले बताउनु भयो ।


खाम्ला भिरमा पदमार्ग निमार्ण गरीरहेका राई अचानक भिरबाट करीब एक सय ६० मिटर तल खसेका थिए । काम गर्ने क्रममा उनि भिरबाट तल खसेपछी अन्य मजदुरहरुले खिवाङ्गको जनसुधार युवाक्बललाइ उद्धारकार्यका लागि सहयोग मागेका थिए । क्लवका सदस्य सहित स्थानिएहरुले करिब आधि घन्टाको भिरको बाटोमा उद्धार गरी हेलिकप्टर ल्यान्ड गर्ने ठाउँ सम्म उद्धार गरेको र आफुले पदमार्ग निमार्ण गरीरहेको ठेकेदार सँग तत्कालकुरा गरेर हेलिकप्टरको समन्वयगरी घाइते राइको उद्धार गरेको पालिका अध्यक्ष पुनले बताउनु भयो । घाईतेको हाल पोखरा स्थित मनिपाल शिक्षण अस्पतालमा उपचार भै रहेको घाइतेका आफन्तले बताएका छन् ।

You can share this post!

प्रदेश मन्त्री आचार्यको पहलमा केन्द्र सरकारबाट अर्घाखाँचीका यि पालिकाहरुमा परे शिक्षा र खानेपानी योजनाहरु

प्रवासी नेपाली एकता मञ्च जापान राष्ट्रिय कमिटिको पाँचौ बैठक सम्पन्न

Related posts