बिपद्का कारण यस बर्ष म्याग्दीमा ३ जनाको मृत्यु १२१ घर पुर्ण रुपमा क्षेति

हिमाली जिल्ला म्याग्दीमा गत बैशाख महिना देखि यता मनसुनका कारण आएको प्राकृतिक बिपत्ती बाट तिन जना म्याग्देलीले ज्यान गुमाएका छन् । जिल्लाको मंगला गाउँपालिकाको २ जना र रघुगंगा गाउँपालिकाको १ जनाले विपद्का कारण ज्यान गुमाएका हुन् ।
साथै विपद्को कारण नै जिल्ला भरि ७ जना घाइते बनेका छन् । बेनी नगरपालिकाको १ , मंगला गाउँपालिकाको २ रघुगंगा गाउँपालिकाको १ र अन्नपुर्ण गाउँपालिकाको ३ गरी सात जना घाईते भएको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ । यस बर्ष हाल सम्म विपद्को कारण बेपत्ता भने कोही भएका छैनन् । ९७४ वटा पशुचौपयाको मृत्यु भएको छ । ५ गाउँपालिका र एक नगरपालिका सहित ६ स्थानिय तह रहेको म्याग्दी जिल्लामा १२१ घर बाढी, पहिरो तथा खोलाको कटानले गर्दा पुर्ण रुपमा क्षेति भएको जिल्ला प्रहरी कर्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले बताउनु भयो । त्यसैगरी १३ घरमा आंशिक क्षेती पुगेको छ भने १६२ घर उच्च जोखिम र ४३ घर जोखिममा परेका छन् । घरमा क्षेति पुगेपछि जिल्लामा ६९४ महिला र ७१३ पुरुष गरी कुल १६३८ जनसंख्या घरबास बिहीन बनेका छन् ।
त्यसैगरी पशुचौपया बाध्नका लागि निमार्ण गरीएको २ वटा गोठ पुर्ण रुपमा क्षेति बनेको छ भने बाँकी २ वटा गोठमा आंशिक क्षेती पुगेको प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । बिपद्बाट विद्यालय भवन तर्फ बेनी नगरपालिका, मालिका गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा रहेका एक÷एक विद्यालय गरी तिन विद्यालय भवनमा क्षेति पुगेको छ ।
गत बर्ष भन्दा यस बर्ष जिल्लामा विपद्को कारण मानविय क्षेतिमा भने कम भएको छ । गत बर्षको असार २५ र २६ गते मात्रै धवलागिरीकोे मराङ्ग र मालिकाको विम लगायतका अन्य स्थानमा आएको बाढी र पहिरोमा परि ३२ जनाले ज्यान गुमाएका थिए । तर यस बर्ष भने पानी परीरहेता पनि जिल्ला स्थित सम्बन्धित निकाय र स्थानीयहरुले उच्च सर्तकता अपनाएका कारण हाल सम्म मानविय क्षेति भने कम भएको हो ।
कुल २,२९७ वर्ग कि.मी. (२,२९,७०६ हे.) क्षेत्रफलमा फैलिएको म्याग्दी जिल्ला भौगोलिक अवस्थितिका हिसाबले ८३००८’ देखि ८३०५३’ पूर्वी देशान्तरसम्म र २८०२०’ देखि २८०४७’ उत्तरी अक्षांससम्म फैलिएको छ । यस बर्ष जिल्लामा विपद्को कारण २ सय ९७ भन्दा बढी बर्ग कि.मी क्षेत्रफलमा फैलिएको भु–भागमा क्षेति पुगेको अनुमान रहेको छ । बर्षेनि बिना योजना तथा भुगोलको अवस्थाको बारेमा अध्ययन नै नगरी सडक बाटो निमार्ण गर्दा जिल्लाको २० भन्दा बढी स्थानमा रहेका बस्तीहरु कटान तथा पहिरोको जोखिममा परेका छन् । सदमुकाम बेनी सहित दोस्रो ठुलो बजारको रुपमा रहेको दरवाङ बजार, तातोपानी बजार, गलेश्वर, बावियाचौर, सिंगा, भुरुङ्ग–तातो पानी, दाना लगायतका बजारी क्षेत्रहरु कालिगण्डकी र म्याग्दीनदिको कटानमा पर्दै आएका छन् । अलि ठुलो पानी पर्ना साथ जिल्लाको बेनी बजार देखि पुर्व तिर रहेको गलेश्वर र पश्चिमी भेग तिर सडक अबरुद्ध हुन्छ । पानी पर्ना साथ पहिरो जान्छ , सडक सहित पैदल मार्ग समेत अबरुद्ध हुन्छ । बर्खाको समयमा जिल्लाको करिब ७५ प्रतिसत मानिसहरुले विपद्को कारण सास्ति झेल्दै आउनु परेको छ ।

You can share this post!

राहुघाट नदी थुनिएर ५ दिन देखि गौडामुनीमा ताल (फोटो फिचर)

बाढी पस्दा महोत्तरीका ९ सय घर डुबानमा

Related posts