न्यू धौलागिरी सहकारीको २३ औँ साधारणसभाः ७३ करोड वढि लगानी

म्याग्दी । बेनी नगरपालिका –८ न्युरोडबाट संचालनमा रहेको न्यू धौलागिरी बचत तथा क्रृण सहकारी संस्थाको २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको मंगलबार बेनीमा गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको हो ।  प्रदेशसभा सदस्य गौचनले सहकारीले उत्पादनमुलक क्षेत्रमा वढि लगानी गर्नुपर्ने बताउनुभयो । सदस्यहरुको आयाआर्जन वृद्धि गराउनका लागि उद्यमशिल बन्न सहयोग पु¥याउनु सहकारीको मुख्य जिम्मेवारी रहेको गौचनले बताउनुभयो ।

जिल्लाबासीहरुलाई सहकारीमा आवद्ध हुनुपर्छ भन्ने सोचका विकास गर्दै गरिविको रेखामुनी रहेकाहरुको जीवनस्तर माथि उकास्न धौलागिरी सहकारीले महत्वपूर्ण भूमिका निभाएको भन्दै गौचनले सहकारीको उत्कृष्ट कार्यको प्रशंसा समेत गर्नुभयो ।

उहाँले महिला तथा विपन्नहरुलाई सिप तथा उद्यमशिल बनाउनका लागि सरकारले सिपमुलक र स्वरोजगारमुलक तालिम तथा कार्यक्रमहरु बनाउन आवश्यक रहेको र त्यसका लागि आफुले सधै पहल गर्ने विश्वास दिलाउनुभयो ।

संस्थामा हाल सम्म शेयर, निक्षेप र विभिन्न कोषहरु समेतको रकम गरि रु ९४ करोड, ६२ लाख २८ हजार ३ सय ७४ रुपैयाँ रहेको छ भने कुल ७३ करोड ६० लाख ६ हजार २ सय २७ रुपैँया लगानी गरेको छ । ६ हजार ४ सय ६३ शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ८ करोड २३ लाख ३४ हजार ४ सय रहेको कोषाध्यक्ष बम बहादुर पुनले बताउनुभयो ।

संस्थाले गत आर्थिक बर्षमा १० करोड ८७ लाख ७७ हजार २ सय आम्दानी गरेको छ भने ९ करोड ५८ लाख ७७ हजार ८ सय ४५ रुपैयाँ खर्च गरेको जनाएको छ । संस्थाले १ करोड २८ लाख ९९ हजार ३५६ मुनाफा गरेको छ ।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट क्रृण कारोवारकर्ता, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट रेमिट्यान्स लगायत गरि ६ जना सेवाग्राहरुलाई पुरस्कृत समेत गरिएको संस्थाका सचिव चन्द्र कुमार केसीले बताउनुभयो । त्यस्तै संस्थाका संचालक समिति सदस्य समेत रहनुभएकी प्रदेशसभा सदस्य गौचनलाई संचालक तथा शेयर सदस्यहरुको तर्फबाट सम्मान समेत गरिएको केसीले बताउनुभयो ।

हाल प्रधान कार्यालय बेनी रहेको सहकारीले जिल्लाका विभिन्न ५ र पर्वतको मल्लाज गरि ६ ठाउँबाट सेवा केन्द्र संचालन गरेको छ । निकट भविस्यमै बाग्लुङ, पर्वत र कास्कीमा समेत शाखा संचालन गर्ने तयारी गरिएको संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठले बताउनुभयो ।

साधारणसभामा सचिव केसीले प्रगति र कोषाध्यक्ष पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष रामजी प्रसाद सुवेदीको स्वागत र सचिव केसीको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

कालिगण्डकीमा नियमित जलयात्रा सुरु

नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि प्रकाश माविलाई

Related posts