रघुगंगाका महिला उद्यमीहरु संगठित

देवी जिसी ।

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा पालिका स्तरीय महिला उद्यमशिल संघ गठन भएको छ । आइतबार गाउँपालिकाको केन्द्र मौवाफाटमा रघुगंगा गाउँपालिकाका महिला उद्यमीको संयुक्त भेलाले अमृता मल्ल शाहीको अध्यक्षतामा कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा नविना कार्की (रघुगंगा–३), सचिव अनु सुनार (रघुगंगा–३), सहसचिव दुर्गा गर्बुजा (रघुगंगा–४), रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा गीता फगामी (रघुगंगा–१), हरिकाला शर्मा (रघुगंगा–२) गंगा सुबेदी (रघुगंगा–३), जुना कार्की (रघुगंगा–३) फमायाँ गर्बुजा (रघुगंगा–५) र मिना छन्त्याल (रघुगंगा–८) रहनुभएको छ भने बाँकि रहेका कोषाध्यक्ष र अन्य सदस्यहरु वडा मिलाएर पुरा गरिने गाउपालिकाका सुचाना अधिकारी कृष्ण प्रसाद सुबेदीले बताउनुभयो ।

त्यस्तै रघुगंगा गाउपालिकाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पालिका स्तरीय लघुउद्यमीहरुको सामुहिक अन्तरक्रिया पनि सम्पन्न भएको छ । अन्तरक्रियामा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम भण्डारीले उद्यमीहरुलाई उद्यमी बन्न प्रेरित गर्दै गाउँपालिकाले उद्यमशिलता बिकास गर्दै उत्पादनमा जोडिन र आत्मनिर्भर बन्न उत्प्रेरित गर्नुभयो ।

उहाँले यस्ता कार्यका लागी पालिकाले अनुदान तथा प्राबिधिक सहयोग समेत उपलब्ध गराउदै आएको बताउनुभयो । साथै उहाँले आफ्ना ब्यबसाय दर्ता गरी करको दायरामा आउन र राज्यले प्रदान गर्ने सेवा सुविधा समेत लिन आग्रह गर्नुभयो । गाउँपालिकाका शिक्षा अधिकारी कृष्ण प्रसाद सुबेदीले पालिकाले संचालन गरेका ब्यबसायिक कार्यक्रमहरु कृषि, पशुपालन, शिलाई बुनाइ लगायतका कार्यक्रमहरुको कार्य प्रगतिको बारेमा जानाकारी गराउनुभएको थियो ।

कार्यक्रममा महिला उद्यमीसंघ नेपाल जिल्ला कार्य समिति म्याग्दीको अध्यक्ष अमृता देवी बानियाँले पालिकामा भएका साना तथा मझौला उद्योग संचालनमा ल्याउनका लागी पालिकाले थप पहल गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।

पालिकाले उद्यमशिलता बिकासका लागी परम्परागत ज्ञान सिप र पेशा ब्यबसायलाई संरक्षण गर्न सहयोग गर्नुपर्ने र उद्यमीहरुले पालिकाबाट संचालन हुने कार्यक्रमबाट लाभलिन तत्परता देखाउनुपर्ने बताउनुभयो । कार्यक्रम रघुगंगा गाउँपालिका वडा नं ४ का अध्यक्ष पबिन गर्बुजाको अध्यक्षता र शिक्षा अधिकृत कृष्ण प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

राष्ट्रपति रनिङ्ग शिल्डः भलिबलको दुईखेल र १५ सय मिटर दौड सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्सको बेनीमा महिला सशक्तिकरण कार्यक्रम

Related posts