म्याग्दी । म्याग्दी मिडिया सोसाईटीको छैटौँ वार्षिक साधारणसभा अन्नपुर्ण गाउँपालिकाको वडा नम्वर ४ स्थित नारच्याङ झरना परिसरमा सम्पन्न भएको छ ।
साधारणसभाको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले उद्घाटन गर्नुभयो । कार्यक्रमै अवसरमा मिडिया सोसाईटी अर्वाडबाट संस्थाका सदस्य तथा जिल्लाका क्रियाशिल पत्रकार सन्तोष गौतम सम्मानित हुनुभएको छ । पत्रकारीताको माध्यमबाट जिल्लाको विकासमा पु¥याएको योगदानको मुल्याङकन गर्दै उहाँलाई दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मान गरिएको हो ।
साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष पुनले विकास, सुशासन र पर्यटन प्रवद्र्धनमा संचार जगतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले जिल्लाको समग्र विकासमा पत्रकारहरुले आफ्नो कलमको माध्यमबाट पु¥याएको योगदानको प्रशंसा गर्दै पत्रकारहरुसंग सहकार्य गर्न पालिकाकोतर्फबाट आफु तत्पर रहेको बताउनुभयो ।
उहाँले मिडिया सोसाईटीले गाउँपालिकाको पर्यटकीय स्थल नारच्याङ झरनामा कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट समेत गर्नुभएको थियो । ‘आजको यस कार्यक्रमले झरनाको थप प्रचारमा टेवा पुग्ने विश्वास लिएको छु’, अध्यक्ष पुनले भन्नुभयो, “हामीले यस क्षेत्रलाई प्रमुख पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरि योजना बनाएका छौँ” ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले स्थानीय सरकारहरुले स्थानीय सञ्चार माध्यमलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले लोक कल्याकारी विज्ञापन समान रुपमा वितरणको अवधारणा ल्याउन आवश्यक रहेको पनि बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरण प्रसाद शर्मा पौडेलले सत्य र तथ्यमा आधारित पत्रकारीताले जिल्लाको विकास तथा पत्रकारहरुको विश्वनीयता समेत वृद्धि हुने बताउनुभयो । उहाँले गाउँपालिकाले कृषि, पर्यटन, सडक, जलविद्युत, शिक्षा लगायतको विकासलाई पहिलो प्राथमिकता राखेको बताउँदै पालिकाको हरेक गतिविधिहरुलाई आम जनसमुदायमा पु¥यानका लागि संचारकर्मीहरुको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।
मिडिया सोसाईटीका संस्थापक अध्यक्ष गोपाल छन्त्यालले जिल्लाका श्रमजीवि पत्रकारहरु आवद्ध संस्थाले स्थानीय सरकार तथा अन्य संघसंस्था एवम् कार्यालयहरु संघ गरेका कार्यहरु उपलब्धीमुलक बन्दै गएको बताउनुभयो । उहाँले सञ्चारकर्मीहरुले कलम चलाएरै बाँच्न सक्ने अवस्थाको सृजना गराउन स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुको दायित्व रहने विचार व्यक्त गर्नुभयो ।
साधारणसभाले संस्थाका सचिव अमित विश्वकर्माद्वारा प्रस्तुत वार्षिक प्रगति र कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यद्वार प्रस्तुत आर्थिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । साथै ७ बुँदे नारच्याङ घोषणापत्र समेत जारी गरेको संस्थाका सचिव विश्वकर्माले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको आकर्षक नारच्याङ झरनाको थप प्रचार प्रसारमा सहयोग पु¥याउने तथा एकदिन नारच्याङ गाउँमा सामुहिक रिपोर्टिङ गर्ने लगायतका उद्देश्य राखेर छैटौँ साधारणसभा नारच्याङ गाउँमा आयोजना गरिएको सोसाईटीका अध्यक्ष कमल खत्रीले बताउनुभयो ।
साधारणसभामा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का, नारच्याङका वडा अध्यक्ष लोक बहादुर फगामी, वडा सदस्य श्याम पूर्जा, अन्नपूर्ण युवा क्लवका अध्यक्ष टेक बहादुर पुन, प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँ, प्रेस युनियनका जिल्ला उपाध्यक्ष धनिलाल गर्वुजा लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाको अध्यक्ष खत्रीको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।