गुर्जा र बगरबाट मतपेटिका लिएर टोली सदरमुकाम बेनी आउँदै

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाबाट विहानै मतदान अधिकृत सहितको टोली मतपेटिका बोकेर पैदलमार्ग हुदै सदरमुकाम बेनीतर्फ प्रस्थान गरेका छन् ।

जिल्लाको अति दुर्गम क्षेत्र मानिने गुर्जा र धवलागिरी–४, मुदीको बगरबाट सोमबार विहानै मतपेटिका लिएर टोली सदरमुकाम तर्फ हिडेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार सम्पन्न भएको मतदान सकिएपछि रातको समयमा मतपेटिकाको सुरक्षा र भौगोलिक कठिनाईका कारण सोमबार बिहानै प्रस्थान गरेको गुर्जाका निर्वाचन अधिकृत अमृत सुबेदीले बताउनुभयो । उहाँका अनुसार लुलाङसम्म पदैल र त्यहाँ तयारी अवस्थामा रहेको सवारीसाधनबाट सदरमुकाम बेनी ल्याइनेछ ।

दुवै मतदान केन्द्रबाट हिडेको टोली सोमबार दिउँसोसम्म सदरमुकाम बेनी आइपुग्ने र सोमबार साझँदेखि नै मतगणना हुने बताइएको छ । जिल्लाका अन्य ८० वटा मतदानस्थलबाट मतपेटिका भने जिल्ला समन्वय समितिमा रहेको मतगणनास्थलमा आइपुगेको छ ।

You can share this post!

म्याग्दीमा ५८ प्रतिशत बढी मत खस्यो, मतपेटिका संकलन सुरु

मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचन विजयी

Related posts