मंगलाको अर्मन स्वास्थ्य चौकीलाई इसिजी मेसिन सहयोग

सिजन रोका
बाबियाचौर, १२ असोज । म्याग्दीको मंगला गाउँपालिका १ निबासी कृष्ण बहादुर शेरपुन्जाले दक्षिण कोरियामा संकलन गर्नुभएको रकमले अर्मन स्वास्थ्य चौकीलाई १२ लिड इसिजी मेसिन सहयोग हस्तान्तरण गरिएको छ ।

सोमबार एक कार्यक्रमका बिच शेरपुन्जाका बुवा बल बहादुर शेरपुन्जाले गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाको उपस्थितिमा अस्थायी कोभिड अस्पताल मंगलाका डा. रोशनी पुर्जालाई हस्तान्तरण गर्नुभएको हो ।

हाल दक्षिण कोरियामा रहनुभएका शेरपुन्जाको नेतृत्वमा त्यहाँ रहेका मंगलाबासीहरुबाट संकलन भएको रु २ लाख २४ हजार ५ सय ११ रुपैयाँ मध्य १ लाख ७० हजारमा उक्त मेसिन खरिद गरिएको थियो । बाँकी रहेको ५४ हजार ५ सय ११ रुपैयाँ रकम स्वास्थ्य सामाग्री तथा मेसिन औजार खरिदमा प्रयोग गर्ने गरि स्वास्थ्य चौकीलाई नै प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले स्वास्थ्य चौकीलाई प्राप्त भएको इसिजी मेसिनको सहि सदुपयोग गर्ने अनुरोध गर्नुभयो । साथै चौकीमा अन्य अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु पनि ब्यबस्था गर्न लागेको भन्दै छिट्टै नै गाउँपालिका मार्फत एक्सरे सेवा पनि संचालन हुने बताउनुभयो ।

डा.रोशनी पुर्जाले  इसिजी मेसिन सहयोग उपलब्ध गराएकोमा शेरपुन्जा परिवार लगाएत सम्पुर्ण सहयोगी दाताहरुलाई आभार प्रकट गर्दै मेसिनको प्रयोगले मुटु सम्बन्धी समस्या भएका मंगलाबासीलाई धेरै सहज हुने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य संयोजक लेखनाथ रोका मगर र वडा सदस्य चक्रलाल पाण्डे राजुको उपस्थिति रहको थियो । गाउँपालिका सुचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सहयोग दाताहरुको विवरण

You can share this post!

बागलुङका दलित समुदायको पीडाः दुग्ध सहकारीले नै किन्दैन, भन्छन् दूध बेच्ने रहर छ, छोइन्छ भन्छन् बिक्दैन

केपी ओलीको गुनासो– संविधान मिचिँदा सञ्चार माध्यम मौन

Related posts