बेनीमा आयोजित ठेलो प्रतियोगितामा पर्वतका किरण विक विजयी

म्याग्दी । म्याग्दीको बेनी स्थित खुल्ला मञ्चमा शनिबार भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो प्रतियोगितामा पर्वतका किरण विक प्रथम हुनुभएको छ ।

गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थानमा पर्वतकै खेलाडि विजयी भएका छन ।

म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा पर्वतबाट सहभागी हुनुभएका राजेन्द्र हमाल द्वितीय, र निशान बोहोराले तृतीय स्थान हासिल गरेका छन ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीको व्यवस्थापनमा भएको प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय भएका खेलाडीहरुले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।

विजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवम् प्रतियोगिता संयोजक योगेन्द्र शेरचन र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

You can share this post!

प्रेस चौतारी नेपाल म्याग्दीको १८ औँ साधारणसभाः पत्रकार जिसी सम्मानित

एन्जल हार्ट कलेज काठामाडौँद्वारा म्याग्दी, बाग्लुङ र पर्वतमा छात्रवृत्ति विशेष कार्यक्रम

Related posts