चुनावको बेला हिजो गाउँदै हिडेँ आज बोल्दै हिडेको छुः युवा नेता प्रकाश पौडेल

म्याग्दी । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेको चुनाव प्रचार अभियानमा पार्टीको गीत गाउँदै र नाटक मञ्चन गर्दै हिड्ने एउटा सानो बालक, जसको प्रतिभाले त्यतिवेलानै चुनावी आमसभामा उपस्थित महानुभावहरुलाई निकै नै आकर्षित बनाएको हुन्थ्यो ।

गीत गाउँदा र नाटक मञ्चन गर्दा माहोल नै स्तब्ध बन्थ्यो । गीत सुन्दा सुन्दै कोही रुन्थे पनि अनि केहिबेर पछि नाटकका केही दृश्यहरुले हसाउँथ्यो पनि । आज ठिक १५ बर्ष भएको छ तिनै बालक प्रकाश पौडेल युवा नेता बेनर चुनावी अभियानमा आकर्षककै रुपमा हिडिरहनुभएको छ, तर यो पाली गीत गाउन होइन र होइन नाटक गर्न पनि । यो समय पौडेल जिल्लाको विकास, परिवर्तन, सुशासन, विचार र सिद्धान्तका भाषणहरु गर्दै लोकप्रीय युवा नेता र वक्ता बनेर जिल्ला दौडानमा हुनुहुन्छ ।

म्याग्दी जिल्ला बेनी नगरपालिका –५ पुलाचौरमा जन्मिनुभएका पौडेल स्कुले जीवनदेखिनै अनेरास्ववियुमा आवद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । अनेरास्ववियुको जिल्ला अध्यक्ष हुँदा विशेष गरि विपतमा सहयोग र सामाजिक सेवाको भावना बोकेर विद्यार्थी राजनीतिलाई सेवा संग जोडेका पौडेल हाल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका गण्डकी प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

नेकपा एमाले म्याग्दीका जिल्ला कमिटी सदस्य समेत रहनुभएका पौडेल युवामाझ निकै लोकप्रीय नेताको रुपमा परिचित हुनुहुन्छ । निडर, जुझारु र हक्की स्वाभावका पौडेलका दमदार भाषणमा ताली नवजेका चुनावी आमसभाहरु कमै भएका छन यसपाली । नेकपा एमालेले प्रदेश क र ख मा छुट्टाछुट्टै स्थानमा दिनको तीनवटा सम्म चुनावी सभाहरु आयोजना गरिरहेको छ । युवा नेता पौडेलले कहिले प्रदेश क क्षेत्र त कहिले प्रदेश ख क्षेत्रको चुनावी सभालाई सम्वोधन गर्दै उत्कृष्ट विचारहरु प्रस्तुत गरिरहनुभएको छ ।

नेता पौडेलले जिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी आमसभाहरुलाई सम्वोधन गर्दै चुनावमा जातीय नारा लगाएर प्रचार गर्नु कायरता भएको बताउनुभएको छ । अध्यक्ष पौडेलले निर्वाचनको समयमा जात, थर र भेगको नारा लगाउने कार्यले सामाजिक रुपमा विखण्डन ल्याउने बताउनुभयएको हो । युवा विद्यार्थी नेता पौडेलले गठवन्धनले जात र थरको आधारमा भोट माग्दै हिडेको भन्दै पार्टीको संगठन र विचार कमजोर भएकाहरुले मात्रै त्यसो गर्ने बताउनुभयो ।

बेनी नगरपालिका वडा नम्वर ५ मा क्षेत्री, दलित बाहुन हरु करिव ८५ प्रतिशत बसोबास रहेको तर २०५४ सालको निर्वाचनमा चन बहादुर पाईजा पुन मगर गाविस अधयक्ष भारी भतले निर्वाचन भएको उदाहरण प्रस्तुत गर्दै युवा नेता पौडेलले म होइन हामी भनेर सवै जातहरु मिलेर बसेको समाजमा जात र थरको कुरा गर्दै गठवन्धनका नेताहरुले समाजलाई विखण्डनतर्फ उन्मुख गराउन खोजेको आरोप लगाउनुभयो ।

हिजो माओवादीले मगरको घरमा गई मगरात, गुरुङको मा गई तमुवान, मधेशमा गई मधेश, मिथिलामा गई मिथिला र दलित उत्पीडितको बस्तीमा गई थर, जातको आधारमा राज्य दिन्छु भनि मिलेर बसेको मानिसहरुलाई एक आपसमा आखा तरेर हिन्ने अवस्था बनायो, नेता पौडेलले भन्नुभयो, “आज माओवादीको संगतले म्याग्दीको काँग्रेस पनि विग्रिएछ, गाउँबस्तीमा पुगि थर र जातको नारा लगाईरहेको छ, यसले उनिहरुलाई कमजोर बनिरहेको प्रमाणित गराएको छ” ।

‘नेकपा एमाले ठाडाखानीको छन्त्यालको पार्टी हो । नेकपा एमाले कुइनेमंगले,मल्कवाङका छन्त्यालहरुको हो । दलित,उत्पीडितको पार्टी हो । म्याग्दीको ४२ प्रतिशत भन्दा बढि मगरहरुको पार्टी हो, व्रहमान, क्षेत्री, ठकुरी तथा आदिवासी जनजातीहरु सवैको पार्टी हो’, नेता पौडेलले भन्नुभयो ।

गठवन्धनले सत्ता प्राप्ती गर्न, लुटन र कमाउनका निम्ती सरकार बनाउन एक ठाउँमा उभिएको बताउँदै नेता पौडलले दुरदराजक जनताहरुको आवश्यकता पुर्ति गर्दै विकासका लहर फिजाउन एमालेको सरकार बन्न आवश्यक भएकाले आगामी मंसिर ४ गतेको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्नुभयो ।

पौडेलले म्याग्दीको विकासको कामलाई अलपत्र पार्नेहरुको विरुद्धमा आन्दोलन गर्ने र त्यसको अगुवाई युवा विद्यार्थीहरुको तर्फबाट स्वयम् आफैले गर्ने बताउनुभएको छ । म्याग्दीमा राजनैतिक दलका नेताहरुले चुनावमा मात्रै विकास गर्छु भन्ने गरेका छन, तर आएका योजनाहरु समयमै सम्पन्न भए कि भएनन भनेर कहिल्यै आवाज उठाएका छन? अध्यक्ष पौडेलले प्रश्न गर्नुभयो । उहाँले नेपाल र चिन विचको व्यापारिक नाका कोरला नाकालाई संचालन गरेर आम जनताले लाभ लिनुपर्ने कुरालाई जोड दिनुभयो ।

युवा नेता पौडेलले म्याग्दी जिल्लालाई पर्यटकको होल्डिङ सेन्टर बनाउन आवश्यक रहेको सुनाउदै जिल्लाका उच्च पहाडि इलाकामा दुनियाँकै सुन्दर माउन्टेन साइकलिङ ट्रयाक बनाउने देखि रुईसे, टोड्के र पुनहिलमा हिमाललाई स्पर्श गर्दै बुद्धिचाल खेलेको परिकल्पना चुनावी सभाहरुमा बडो आकर्षक तरिकाले व्यक्त गर्नुभएको छ ।

नेता पौडलले जिल्लाका स्थानीय तहहरुले लगानी गर्ने ठाउँ एकिन गरि व्यवसायिहरुसंग लगानी सम्मेलन गरेर लगानीकर्ता भित्र्याउने योजनाहरु बनाउन आवश्यक रहेको समेत बताउँदै आउनुभएको छ ।

 

 

You can share this post!

काफलबोटका रियान्स राईको जन्मदिनमा विद्यार्थीलाई कापी कलम वितरण

एमाले उम्मेदवारहरुको प्रतिवद्धताः ‘भोट दिई जिताएर पठाउनुस, विकास लिएर फकिन्छौँ’

Related posts