काफलबोटका रियान्स राईको जन्मदिनमा विद्यार्थीलाई कापी कलम वितरण

म्याग्दी । जन्म दिनको अवसरमा फजुल खर्च कम गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्ने चलन पछिल्लो समय बढ्दै जान थालेको छ । सोमवार म्याग्दीको बेनी नगरपालिका –९ काफलबोटका रियान्स राईको जन्मदिनको अवसरमा परिवारले नजिकैको विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

काफलबोट घर भई हाल रघुगंगा गाउँपालिका –८ कुइने स्थित कुईने आधारभुत विद्यालयमा अध्यापनरत शिक्षक बुवा रेशम राई र आमा भगवति राईको छोरा रियान्स राई दुई बर्ष पुगेको अवसरमा काफलबोट बाहुनपधेरा अवस्थित भूमे आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सो सामग्री सहयोग प्रदान गरिएको हो ।

विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ४५ जना विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल गरि तीन हजार पाँच सय बराबरको शैक्षिक सामग्री वितरण गरिएको रियान्सका बुवा रेशम राईले जानकारी दिनुभयो ।

उक्त सामग्री रियासन्सका हजुरबाबा तजेन्द्र राई लगायतका अभिभावकहरुले वितरण गर्नुभएको थियो । अवदेखि रियान्सको प्रत्येक बर्षको जन्मदिनमा सोही विद्यालयका गरिव तथा जेहेन्दार १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग प्रदान गर्ने योजना बनाएको राईले बताउनुभयो ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द रिजाल, शिक्षक अभिभावक संघका अध्यक्ष मनु नेपाली, विद्यालयका प्रधानाध्यापक दल बहादुर दर्जी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथि तथा विद्यालयका विद्यार्थीहरुले रियान्सलाई जन्मदिनको शुभकामना प्रकट गरेका थिए । बाबुको जन्मदिनको अवसरमा महत्वपूर्ण सहयोग गरेकोमा विद्यालयले राई परिवारलाई आभार समेत प्रकट गरेको छ ।

You can share this post!

वेष्ट पोइन्ट आवासीय मावि शिक्षक अभिभावक संघको अध्यक्षमा विष्णु रोका

चुनावको बेला हिजो गाउँदै हिडेँ आज बोल्दै हिडेको छुः युवा नेता प्रकाश पौडेल

Related posts