म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ५ स्थित चाङ्गाको धुरीमा लगाईएको अफिम खेतीलाई नष्ट गरिएको छ ।
चाँगामा लागु पदार्थका लागि प्रयोग गरिने अफिमको खेती गरिएको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले उक्त अफिमलाई फडानी गरि नष्ट गरेको हो ।
अन्दाजी ५ रोपनी क्षेत्रफलमा लगाईएको अफिम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक राजन ढकालले जानकारी दिनुभएको छ ।
पछिल्लो समय युवाहरुलाई लागुऔसध दूव्र्यसनीबाट टाढा राख्नका लागि प्रहरीले निगरानी बढाएको छ ।
यसअघि पनि जिल्लाको मालिका गाउँपालिकाको देविस्थान लगायतका क्षेत्रमा लगाईएको अफिम खेतीलाई प्रहरीले फडानी गरि नष्ट गरेको थियो ।