मोना जापानको क्षेत्रीय कार्यसमिति क्युस्युको अध्यक्षमा दिपक विक चयन

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको अध्यक्षमा दिपक विक चयन हुनुभएको छ । आइतवार सम्पन्न भएको दोस्रो अधिवेशनबाट जिल्लाको रघुगंगा गाउँपाकिला –८ कुईनेमंगले घर भई हाल जापानमा बस्दै आउनुभएका विकको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।

क्युस्यु क्षेत्रमा रहेका म्याग्देलीको साझा संस्थाको रुपमा स्थापित मोनाको क्षत्रीय समितिको उपसंयोजकमा सोफिया घर्ती र रमेश रिजाल, सचिव मञ्जु चोखाल, सह सचिव शिव बिक र नवीन मगर, कोषाध्यक्षमा बिजी बानियाँ, सहकोषाध्यक्ष संदेश हमाल चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सन्दिप चोखाल, सन्दिप खत्री, अन्जान खत्री, निकेश पुन, ज्ञान बहादुर छन्त्याल, सुनिल बिक र तीकेश छन्त्याल चयनहुनुभएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युका निर्वतमान संयोजक उज्ज्वल बानियाँले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष विकले आफ्नो कार्यक्षेत्र भित्र रहेका म्याग्देलीका हितमा विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । उहाँले विद्यार्थीको समस्या समाधान सहित म्याग्देलीको एकता र सहकार्यमा निरन्तर सक्रिय हुने प्रतिवद्धता जनाउनुभएको छ ।

You can share this post!

पात्लेखेत, वाखेत, झिँ र पाखापानीमा गठवन्धनको चुनावीसभाः जिल्लाको विकासमा जोड

भकिम्लीमा राप्रपाको चुनावी आमसभा

Related posts