कांग्रेसका संस्थापक नेता भट्टराईको ९८ औं जन्मजयन्तीः ‘सन्त नेता किसुनजी’ पुस्तकको रत्नेचौरमा लोकार्पण

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीले बिहिबार पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती मनाएको छ । पार्टी कार्यालयमा आयोजित जन्मजयन्तीको अवसरमा बोल्दै सभापति खम्विर गर्वुजाले पार्टीको सिद्धान्त र लक्ष्यमा अडिग रहेका स्वर्गीय भट्टराईको बिचारलाई सधै अनुशरण गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारी, महाधिवेशन प्रतिनिधि चिरञ्जीवि शर्मा, पूर्व सहसभापति नेत्रबहादुर महतले नेपाली कांग्रेस संस्थापक नेता भट्टराईले देखाएको बाटोमा अगाडी बढ्नुपर्ने बताउनुभएको थियो। जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमको पार्टी सचिव भरत रकालले सञ्चालन गर्नुभएको थियो । भट्टराईको जन्म विक्रम सम्बत् १९८१ पुस आठ गते भारतको बनारसमा भएको थियो।

नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेलेका थिए। स्वर्गीय भट्टराईलाई सादगी जीवन शैली अपनाउने निःस्वार्थी राजनीतिज्ञको रुपमा स्मरण गर्ने गरिन्छ। सरल जीवन व्यथित गर्ने भट्टराई आफ्नो आध्यात्मिक चिन्तनका कारण सबैमाझ लोकप्रिय हुनुहुथ्यो।

यसैविच जन्मजयन्तीकै अवसरमा नेपाली कांग्रेस म्याग्दीका पूर्व सहसचिव, साहित्यकार अजय मिलन श्रेष्ठले रचना गर्नु भएको ‘सन्त नेता किसुनजी’ नामक पुस्तकको लोकर्पण गरिएको छ । बेनपा १ रत्नेचौरमा आयोजित कार्यक्रममा उपसभापति केवि भण्डारी र पूर्व सहसभापति नेत्र महतले उक्त पुस्तकको लोकर्पण गर्नु भएको हो । पुस्तकमा भट्टराईको जिवनी स्मरण गरिएको छ । कार्यक्रममा चन्द्र बहादुर महतको सभापतित्वमा १५ सदस्यीय नेपाली कांग्रेसको टोल समिति गठन गरिएको युवा नेता बिक्रम बोगटीले जानकारी दिनुभयो ।

You can share this post!

माओवादी केन्द्रको महाधिवेशनमा म्याग्दीबाट चार जना प्रतिनिधी छनौट

अनेरास्ववियु धवलागिरी बहुमुखी क्याम्पसको क्याम्पस कमिटि सम्मेलन सम्पन्न

Related posts