बेनी बजारबासीहरुलाई भोट माग्दै एमालेका उम्मेदवारहरु (फोटो फिचर)

म्याग्दी । आगामी मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा निर्वाचन क्षेत्र क का उम्मेदवार देवेन्द्र बहादुर केसीले विहिबार बेनी बजारमा घरदैलो गरि मतदातालाई भोटको अपिल गर्नुभएको छ ।

उम्मेदवार सहितको टोलीमा नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, नेकपा एमाले केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज निवर्तमान प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापा, प्रदेश कमिटी सदस्य खुम बहादुर बानियाँ, प्रमोद श्रेष्ठ, जिल्ला कमिटी उपाध्यक्ष बालकृष्ण सुवेदी लगायत एमालेका जिल्लातहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बेनी नगरपालिका वडा नम्वर ७ र ८ का विभिन्न टोलहरु तथा घरघरमा पुगेर मतदाताहरु संग भोट माग्नुभएको चुनाव प्रचार प्रसार कमिटीले जनाएको छ । आजको घरदैलो अभियानमा बजारका चोक चोकमा राष्ट्रिय जनसांस्कृतिक महासंघ म्याग्दीका कलाकारहरुबाट नृत्य, कमेडी लगायतको सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । आजैदेखि औपचारिक रुपमा प्रचार प्रसारको कार्यक्रम सुरु भएको पनि एमाले म्याग्दीले जनाएको छ ।

   

You can share this post!

रघुगंगा –६ रायखोरका देवेन्द्र पुनको रोमनीयामा मृत्यु

दार्चुलामा ओलीले भनेः नदी वर सर्दैमा सीमा सर्दैन, भारतले झमेला निकाल्यो

Related posts