न्यु स्टारद्वारा दसैँको शुभकामना आदान प्रदान तथा भावि योजना निर्माण

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका –३ बरंजा खर्कमा रहेको न्यु स्टार युवा क्लवले विजयादशमी तथा शुभदिपावली २०७९ को अवसर पारि शुभकामना आदानप्रदान कार्यक्र गरेको छ । सोमवार क्लव भवनमा आयोजित कार्यक्रममा क्लवले हालको अवस्था र भावी योजनाको बारेमा समेत सर्वसाधारण तथा क्लवका पूर्व पदाधिकारीहरुलाई जानकारी गराएको छ ।

रोजगारी तथा अध्धयनको शिलशिलामा विभिन्न ठाउँमा रहेका क्लवका पूर्व पदाधिकारी तथा सदस्यहरु हाल दसैँ मनाउन घरमा आएको अवसरपारि उक्त कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष अनिल थापा राजुले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व संविधानसभा सदस्य एवम् क्लव सल्लाहकार गम बहादुर श्रीषले न्यु स्टार युवा क्लवले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । स्थापनाकालदेखि नै क्लवले युवा शसक्तिकरण र सचेतना तथा जागरणका कार्यक्रम संचालन गरेको भन्दै कला, संस्कृति, खेलकुद लगायतका विकास र युवाको नेतृत्व विकासमा पनि क्लवको भूमिका अहम हुने बताउनुभयो ।

कार्यक्रममा क्लव संरक्षक जनप्रीय आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष, तथा खर्क टोल सुधार समिति अध्यक्ष मिलन रोका, क्लबका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार ई। शंकर ब्ुढाथोकी, क्लवका बरिष्ठ सल्लाहकार ओमकुमारी शान्तीकोषका सचिव लोकेश पुन मगर, क्लवका बरिष्ठ सल्लाकार एनजल हार्ट बोर्डिङ स्कुल काठमाडौँका प्रिन्सिपल टक बहादुर थापा, क्लवका सल्लाहकार तथा संस्थापक सचिव केपी सापकोटा क्लवका सदस्य तथा हाल बेनी अस्पतालमा कार्यरत डा। रामु सापकोटा, क्लवका वरिष्ठ सदस्य ईन्जिनियर बालकृष्ण बुढाथोकी, जनप्रीय आधारभुत विद्यालयका प्रअ याम प्रसाद घर्ति, आलडाँडा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष खिम बहादुर थापा, समाजसेवी आमा समुह खर्कका अध्यक्ष देउरुपा श्रीष, आल्टा विजुली समुहका अध्यक्ष सस बहादुर श्रीष लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

देविना घर्ति र सुजता रोकाको नृत्य र शोभा विश्वकर्माले शुभकामना गीत प्रस्तुत गर्नुभएको कार्यक्रमको अध्यक्षता क्लव अध्यक्ष थापाले गर्नुभएको थियो । २०६२ सालमा अनौपचारिक रुपमा स्थापना भएको क्लव २०६६ सालमा विधिवत रुपमा दर्ता भएको थियो । क्लवको हाल आफ्नै नाममा ३ रोपनी जग्गा रहेको छ । व्यवस्थित खेलमैदान र एकिकृत सामुदायिक भवन समेत निर्माण गरिसकेको छ । साउन्ड सिस्टमको व्यवस्थापन गरेको छ भने सामाजिक गतिविधिहरुमा पनि क्लव सक्रिय रहेको छ । टोल समाजहरुलाई विभिन्न सामग्रीहरु समेत सहयोग गर्दै आएको छ । न्यु स्टार विपत अक्षयकोष अभियान संचालन गरेको छ भने गरिव तथा विपन्न विद्यार्थीहरुलाई छात्रवेत्ति वितरण गरेको छ ।

क्लवले बार्षिक कार्ययोजना समेटिएको क्यालेन्डर प्रकाशन गर्ने योजना बनाएको छ । सदस्यता नविकरण गर्ने र विभिन्न विभागहरु ग्ठन गर्ने निर्णय गरेको छ । शौचालय निर्माण खानेपानी व्यवस्थापन गर्ने भावी योजना बनाएको क्लवले विभिन्न स्वास्थ्य शिविर संचालन गर्ने योजना बनाएको छ । युवा लक्षित सचेतनाको कार्यक्रमहरु संचालन गर्ने लक्ष बनाएको क्लवले भवनको दोस्रो तला थप गर्ने, घेरवार गर्ने, खेलमैदान विस्तार गरि फुटवल समेत खेल्न मिल्ने बनाउने, प्याराफिट निर्माण गर्ने, खेलकुद तथा सांस्कृति कार्यक्रम खरिद तथा प्रशिक्षणको समेत व्यवस्था गर्नका लागि आर्थिक ज्टाउन स्थानीय तथा प्रदेश सरकार र अन्य संघसंस्था संग पनि प्रस्ताव पेस गर्ने निर्णय गरेको क्लवका सचिव गणेश केसीले बताउनुभयो । साथै क्लवले विभिन्न सामाजिक संघसंस्था संग नियमित समन्वय र सहकार्य गर्ने, सामाजिक गतिविधिहरुमा निरन्तर क्रियाशिल रहने बताएको छ ।

You can share this post!

एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठद्वारा घरदैलो अभियानसहित मतदाता भेटघाट सुरु

आज विजयादशमी, टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा

Related posts