म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार देखि ११ औँ केन्द्रिय तोरन्ल गोल्डकप अन्तरक्षेत्रीय आर्चरी (तारा) खेल प्रतियोगीता सुरु भएको छ ।
थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा आयोजित प्रतियोगीतामा देशका बिभिन्न ठाउँबाट १८ समुहको सहभागीता रहेको छ ।
प्रतियोगीताको प्रतिनिधिसभा सदस्य पे्रम प्रसाद तुलाचनले उद्घाटन गर्नुभएको हो । थकाली समुदायको परम्परा र पहिचान तारा खेलको संरक्षण, उद्देश्य अनुरुप प्रतियोगीता आयोजना गरिएको थकाली सेवा समितिका अध्यक्ष सोम प्रसाद तुलाचनले बताउनुभयो ।
प्रतियोगीतामा बिजयी हुने समुहले पाँच तोला सुनको मेडल, रनिङ्ग शिल्ड, कप र रु एक लाख नगद पुरस्कार पाउने छन । त्यस्तै दोस्रो हुनेले पचास हजार, तृतिय हुनेले पच्चिस हजार र सान्त्वना हुने २ समुहले दश हजारको दरले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तुलाचनले ताराखेल थकाली समुदायको परम्परा र पहिचान बोकेको खेल भएकाले यसको संरक्षण आबश्यक रहको बताउनुभयो । अरु भन्दा फरक खालको खेल भएका कारण पनि यसको महत्व बिशेष हुने भन्दै तुलाचनले नयाँ पिडीलाई पनि तारोखेल सिक्ने वातावरण बनाउन अग्रज खेलाडिहरुलाई आग्रह गर्नुभयो ।
प्रतियोगीताको उद्घाटन पूर्व थकाली समुदायको झाँकी, र बाजागाजा सहित बेनी बजार परिक्रमा गरिएको थियो । प्रतियोगीता ३ दिन सम्म संचालन हुने बताइएको छ ।