जन्मदिनमा अभिभावक विहिन बालबालिकालाई सहयोग

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –३ हाल बेनी निवासी वौद्धिक व्यक्ति बालकृष्ण सुवेदीले जन्मदिनको अवसरमा बालगृहमा रहेका अभिभावक विहिन बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ ।

जन्मदिनमा हुने अनावश्यक खर्चलाई उपयोगमा ल्याउँदै सुवेदीले बालबालिकालाई शैक्षिक सामग्री एवम् खाद्यान्न सहयोग प्रदान गर्नुभएको हो । सुवेदीले उक्त सामग्री नेपाल बाल संगठनका सचिव सन्दिप खत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष समेत रहनुभएका सुवेदीले अभिभावक विहिन बालबालिकाको हौसलाका निम्ती जन्मदिनमा सहयोग गरेको बताउनुभयो ।

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै सुवेदीले बालगृहमा रहेका बालबालिकाहरुलाई इमान्दार र मेहनति बन्न अनुरोध गर्नुभएको छ । उहाँले आफ्नो विगत कोट्याएर विद्यार्थीहरुलाई हौसला समेत दिनुभएको छ ।

‘म पनि २ बर्षको हुँदा बाबा गुमाएँ अनि १८ बर्षको हुँदा आमा गुमाएँ, टुहुरो त बनेँ तर कहिल्यैपनि कमजोर मानसिकता नबनाई मेहनत र संघर्ष गरेर यो स्थान सम्म आएको हुँ’, सुवेदीले भन्नुभयो ।

असल मान्छेको अभिभावक अरुपनि बन्न सक्ने भन्दै सुवेदीले सधैँ असल बनि सत्मार्गमा लाग्न समेत बालबालिकालाई अभिप्ररित गर्नुभएको छ । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीका संचालक सुवेदी थुप्रै सामाजिक संघसंस्थामा समेत आवद्ध हुनुहुन्छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा सुवेदीका अभिभावक दाजुहरु जयराम सुवेदी, निलकण्ठ सुवेदी, बाल संगठनका सचिव खत्री, लालु किसान लगायतको उपस्थिति रहेको थियो ।

You can share this post!

न्यु स्टार युवा क्लवको अध्यक्षमा राजु थापा चयन

बेनीमा पोषण तथा स्वास्थ्य अवस्था सुधार्न विभिन्न आठबुँदे प्रतिबद्धता जारी

Related posts