नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा गंगा कुमारी शर्मा

नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा गंगा कुमारी शर्मा चयन हुनुभएको छ । १२ औं जिल्ला अधिवेशनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

जसको उपाध्यक्षमा बालकृष्ण सापकोटा, सचिवमा कृष्ण भट्टराई, कोषध्यक्षमा झक बहादुर क्षेत्री, सह–सचिवमा नमकुमारी सापकोटा र सह–कोषाध्यक्षमा शान्ति ज्ञवाली चयन हुनु भएको छ ।

सदस्यहरुमा बागलुङ नगरपालिकाबाट केशव प्रसाद पौडेल र हरि प्रसाद शर्मा, जैमिनी नगरपालिकाबाट मिलन शर्मा, गलकोट नगरपालिकाबाट एक प्रसाद सापकोटा, ढोरपाटन नगरपालिकाबाट शिवलाल सुवेदी, काठेखोला गाउँपालिकामा गुमानसिंह कुँवर, बरेङ गाउँपालिकाबाट मिलन थापा, ताराखोला गाउँपालिकाबाट दुर्गा बहादुर रोका, बडिगाड गाउँपालिकाबाट राजेन्द्र आचार्य, निसीखोला गाउँपालिकाबाट रिम प्रसाद पौडेल, तमानखोला गाउँपालिकाबाट अर्जुन पौडेल चयन हुनुभएको छ ।

महिला सदस्यहरुमा कमलासिंह खत्री, ढालकुमारी पाण्डे, टिका कुमारी महत, राधाकुमारी शर्मा र कृपा पौडेल र समावेशी सदस्यमा भविकला बुढा र लक्ष्मी विक चयन हुनुभएको सचिव कृष्ण भट्टराइले जानकारी दिनुभयो ।

You can share this post!

फुटबल स्टार मेस्सीलाई कोरोना संक्रमण

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Related posts