नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा लोकेश पुन मगर

म्याग्दी । नेपाल मगर संघ म्याग्दीको अध्यक्षमा लोकेश पुन मगर निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार मगर संघको सभाहल बेनीमा सम्पन्न भएको जिल्ला समन्वय समितिको आठौ अधिवेशनबाट पुनको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जिल्ला कार्य समितिको उपाध्यक्षमा खम थापा, सचिवमा हिराबहादुर पुन, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सह–सचिव रमेश फगामी चयन हुनुभएको छ ।

त्यसैगरी कार्यसमितिको सदस्यहरूमा हिराबहादुर पुन, तिलक पुन, अंकित पुन, मिलन रोका, टंकसरा राना, रामदेवी पुन, निरज शेरपुञ्जा, एकजित रोका, देव राना, लालमायाँ पुर्जा, समिर रोका, राजेन्द्र जुग्जाली र बिजय घर्ती चयन हुनुभएको उपाध्यक्ष खम थापा मगरले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष पुनले मगर समुदायको प्राचिन सभ्यताका कला र संस्कृतिको जर्गेना गर्ने, भाषा, भेषभुषा तथा परम्परागत संस्कार, संस्कृतिको संरक्षणमा विषेश ध्यान दिने बताउनुभयो । अध्यक्ष पुनले मगर समुदायको हितका लागि आवश्यक योजना बनाएर काम गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ । अधिवेशनमा संस्थाका सचिव खम थापा मगरले मगरले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णु रोका मगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ ।

सचिव थापाले तीन बर्षे कार्यकालमा भवन मर्मत, कला संस्कृतिको संरक्षण तथा आर्थिक संकलन गर्ने उद्देश्य अनुरुप देउसी भैलो कार्यक्रम संचालन, वाढि पहिरो पीडितलाई सहयोग, बाल संगठन म्याग्दीमा खाद्यान्न सामग्री सहयोग, मगर समुदायका जनप्रतिनिधिलाई सम्मान तथा मगर समुदायको जो कोहीलाई परको समस्या तथा प्राकृतिक प्रकोप र विपत्तीहरुमा सहयोग उपलब्ध गराईएको बताउनुभयो ।

त्यस्तै कोषाध्यक्ष पुन मगरले २०७५ फागुन देखि २०७९ भाद्र सम्मको कुल आम्दानी २६ लाख ५७ हजार १ सय र कुल खर्च २४ लाख २४ हजार ४ सय ८० रुपैयाँ भएको बताउनुभयो । अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ म्याग्दीका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार मन प्रसाद थजालीले म्याग्दीमा मगरहरुको इतिहास अवको पुस्ताले खोजी गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर भूपू शैनिक संघका जिल्ला अध्यक्ष थम बहादुर गर्वुजा, मगर संघ बेनी नगरपालिका समितिका सस्तविर आले, नेपाल मगर महिला संघ म्याग्दीका अध्यक्ष टकसरा राना, नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सदस्य अनिल राम्जाली मगर लगायत लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनको उद्घाटन सत्र नेपाल मगर संघ जिल्ला समन्वय समितिका अधयक्ष डकमाया पाईजाको अध्यक्षता, पुर्व अध्यक्ष थजालीको प्रमुख आतिथ्यता, उपाध्यक्ष लोकेश पुनको स्वागत र सचिव थापाको संचालनमा सम्पन्न भएको थियो ।

 

 

 

You can share this post!

ब्राह्मण समाज नेपाल म्याग्दीको अध्यक्षमा लिलराम गौतम चयन

दिदीबहिनी सहकारीको नयाँ नेतृत्वः अध्यक्षमा विष्णु सापकोटा चयन

Related posts