जोर्ज जोन शिक्षा प्रतिष्ठानबाट बालकृष्ण सुवेदी सम्मानित

म्याग्दी बहुमुखी क्याम्पस संञ्चालक समितिका निवर्तमान अध्यक्ष वालकृष्ण सुवेदी सम्मानित हुनुभएको छ । जोर्ज जोन शिक्षा प्रतिष्ठानले सामुदायिक क्याम्पसको गुणस्तर सुधारमा अतुलनीय योगदान गरे वापत सुवेदीलाई एक समारोहका बिच सम्मान गरेको हो ।

सम्मानित सुवेदीको कार्यकालमा म्याग्दी क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) को प्रमाणपत्र प्राप्त गरेको थियो । साविकको धौलागिरी अञ्चलमा पहिलोपटक म्याग्दी बहुमुखी क्याम्पसल क्युएएको प्रमाणपत्र प्राप्त गरेको थियो ।

शैक्षिक क्षेत्रको आसा र विश्वासको धरोहर म्याग्दी बहुमुखी क्याम्पसले संसारभरका विश्वविद्यालयमा मान्य हुने स्तरको शैक्षिक गुणस्तरको मान्यता प्राप्तमा गर्नुमा सवैपक्षको साथ मिलेको अवस्थामा प्रतिष्ठित संस्थाबाट प्राप्त सम्मानले उत्साहित भएको सुवेदीले बताउनुभयो ।

प्रतिष्ठानले पिएन क्याम्पसमा गुणस्तरीय ब्यवस्थापनमा नेतृत्वदायी भुमिका खेलेका प्रा.डा. मीन पुनलाई समेत सम्मान गरेको छ । प्रा.डा पुनको सहयोग र पहलमा पश्चिम म्याग्दीमा अवस्थित मंगला शिक्षा क्याम्पसमा समेत क्यूएए प्राप्तीको अभियानमा अगाडी बढेको छ ।

सोही अवसरमा अनुसन्धानमा योगदान पुर्याएका तथ्याङ्कशास्त्री प्रा.डा. विकास केसी (पर्वत) सामुदायीक विधालयको ब्यवस्थापनमा योगदान दिने टिकाबहादुर कार्की, शैक्षिक अभियन्ता हुतराज शर्मा र कर्तब्यनिष्ठ शिक्षाकर्मी मनसुवा थापालाइ पनि सम्मान गरियो ।

प्रतिष्ठानको २४ औं वार्षिकोत्सवको अवसरमा शनिवार पोखरामा आयोजित एक कार्यक्रमका विच प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रीन्सिपल सर जर्ज जोन, डा. एलिआमा जोन तथा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. गेहेन्द्रेश्वर कोइरालाले संयुक्त रूपमा प्रमाण पत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । पृथ्वी नारायण वहुमुखी क्यापसका संस्थापक जोर्ज जोनको नाममा विस २०५२ सालमा प्रतिष्ठान स्थापना भएको हो ।

You can share this post!

क्षत्री महिला नगर समाज म्याग्दीको अध्यक्षमा उर्मिला केसी चयन

राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन

Related posts