मोना अन्तराष्ट्रिय कार्य समितिको अध्यक्षमा अमर छन्त्याल

म्याग्दी । रोजगारी तथा अध्ययनको सिलसिलामा बिश्वका बिभिन्न देशहरुमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्य समितिको अध्यक्षमा अमर छन्त्याल चयन हुनुभएको छ ।

कार्तिक २ गतेदेखि म्याग्दी सदरमुकाम बेनीमा संचालित चौंथो अधिवेशनबाट बर्ष २०२१–२०२३ का लागि म्याग्दीको गुर्जा घर भई हाल अमेरिकामा रहनुभएका छन्त्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा ददिवल खड्का (जापान), उपाध्यक्षमा सुर्जे भट्टचन (पोर्चुगल), उपाध्यक्ष नन्द गर्बुजा ( युएई), उपाध्यक्ष जंग बहादुर पुन (नेदरल्याण्ड), महिला उपाध्यक्षमा पुर्णिमा पाइजा आशा (हङकङ), महासचिवमा हरि राम्जाली (अष्ट्रेलिया), सचिवमा बिष्णु प्रसाद बरुवाल सुबोध (साउदी) सुनेश केसी (दक्षिण कोरीया), प्रबक्ता हिक्मत श्रेष्ठ (अष्ट्रेलिया) र कोषाध्यक्षमा महेन्द्र खड्का ईम (जापान) चयन हुनुभएको निर्बाचन समितिका संयोजक सुवास कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

त्यस्तै समितिको सह–कोषाध्यक्ष भक्त रोका (युके), महिला संयोजक नन्दकली थापा अनुशा (स्पेन), उप–संयोजक बिष्णु बानीयाँ (जापान), मध्यपूर्व क्षेत्रिय संयोजक तिलक पुन मगर (साउदी अरेविया), उप संयोजक दिपक छन्त्याल (कुबेत), अमेरिका क्षेत्रिय संयोजक अमर भण्डारी (अमेरिका), उप– संयोजक भिम रेग्मी (अमेरिका), एसिया क्षेत्रिय संयोजक दिपक कार्की (जापान), र उप– संयोजक प्रेम पुन (जापान) रहनुभएको छ ।

अध्यक्षका पदका लागि अमर छन्त्याल सहित बिक्रम कार्की र मिम पुर्जाले उम्मेदवारी घोषणा गर्नुभएको थियो । निर्बाचन मण्डल, मोनाका पुर्व अध्यक्ष, सल्लाहकार तथा संरक्षकहरुको समेत रोहवरमा छलफल हुँदा बुधबार राति मिम पुर्जाले अध्यक्ष पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

यता कतार, साउदी, दुबै लगाएतका देशहरुका प्रतिनिधिहरुले भने नेतृत्व खाडिमुलुकले पाउनुपर्ने भन्दै बिक्रम कार्की नै अध्यक्ष हुनुपर्ने अडान राखेका थिए, जसका कारण सहमतिको प्रक्रिया लम्बिएको थियो । मोना गठन नहुदै म्याग्दी समाज कतारका अध्यक्ष तथा हाल मोना कतारका संरक्षक समेत रहनुभएका कार्कीले अन्तत बिहिबार साझ आफ्नो उम्मेदवारी फिर्तालिएपछि अध्यक्ष सहितका कार्यसमितिका अन्य पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन गरिएको निर्बाचन समितिले जनाएको छ ।

You can share this post!

पहिरो मा परी २१ जनाको मृत्यु, कयौँ वेपत्ता

एमाले म्याग्दीको वडा अधिवेशन कार्तिक ६ गते हुने

Related posts