दरवाङमा माओवादीको चुनावी सभाः मालिका बासीको भव्य उपस्थिति

म्याग्दी । आसन्न स्थानीय तह निर्वाचन लागि उम्मेदवार सहितको प्रचार अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रले आइतवार मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा बृहत चुवानी सभा गरेको छ ।

चुनावी सभामा सहभागि भएका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज गोविन्द पौडेलले दरवाङमा भएको चुनावी सभामा उर्लिएको जनसागरले मालिका गाउँपालिकामा माओवादीको जित सुनिश्चित भएको बताउनुभयो ।

मालिका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जुग्जालीले भष्ट्रचारमुक्त र शुसासन कायम गराउने अभियानसहित पाचँबर्षे विकास योजना लिएर अघि सरेको बताउनुभयो । उहाँले पालिकाको नेतृत्व माओवादीले पायो भने जनताको मन जित्ने काम गरेर देखाउने बताउनुभयो ।

उहाँले नागरिकलाई सर्वसुलभ र विभेदरहित सेवा प्रवाहको गर्ने पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । जुग्जालीले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, गरिव परिवारकालागि पालिकाबाट स्वास्थ्य विमा गर्ने घोषणा गर्नुभएको थियो ।

उहाँले गाउँपालिकाको केन्द्र देखि वडा र बस्ती जोड्ने सडकलाई बाह्रै महिना यातायात चल्ने बनाउने, विद्युतीकरणलाई पूर्णता दिने, खानेपानी सुविधा विस्तार गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

उहाँले दरवाङ बजारमा ढल ब्यवस्थापन, खानेपानीको अभाव र सडक धुलो र हिलोले बजारबासीलाई समस्या भएको बताउदै आफ्नो कार्यकालमा सडक कालोपत्रे, ढल ब्यवस्थापन र मिटर जडित खानेपानीकोे ब्यवस्थापन गर्ने प्रतिवद्धता बजारबासीमा माझँ राख्नुभएको थियो ।

गाउँपालिका उपाध्यक्षका उम्मेदजार गौरी सेञ्चुरीले स्थानीय स्रोत साधनमा आधारित उद्यम व्यवसाय मार्फत महिलाको आयआर्जनमा सुधार गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

उहाँले संघियताको मर्मअनुसार जनताको पक्षमा काम गर्न सक्ने योजना लिएर जनतामाझँ माओवादी केन्द्र आएको बताउदै मत दिएर बिजयी गराउन आग्रह गर्नुभएको थियो ।

नेकपा माओवादी केन्द्र मालिका गाउँपालिका कमिटीका अध्यक्ष दोरण शेरचनको अध्यक्षता र सचिव हिमकुमार पाईजाको संचालनमा भएको कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

माओवादीले मालिकाका सात वटै वडामा चुनावी सभा, घरदैलो र मतदाता भेटघाट सम्पन्न गरेर आईतबा दरवाङ बजारमा बृहत जनसहभागीतामा चुनावी सभा सम्पन्न गरेको हो ।

You can share this post!

देविस्थानमा एमालको चुनवी सभाः युवाहरुलाई उद्यमशिल बनाउने उम्मेदवारको प्रतिवद्धता

ताकममा एमालेको वृहत चुनावी सभाः सकियो प्रचार अभियान

Related posts