सहयोगको लागि सरकारको ढोका हान्दा हान्दै थाकेका हातले सरकारलाई नै सहयोग

राष्ट्रका जाज्वल्यमान नक्षत्र हुन माहावीर पुन । पुन म्याग्दी जिल्लाको विकट गाउँ नांगीमा जन्मेका हुन् । उनले अनेकौं कठिनाईका झेल्दै, आफ्नै जग्गा राष्ट्रिय आविस्कार केन्द्रका नाममा राखेर अविष्कार केन्द्र सञ्चालन गरीरहेका छन् । सरकारले आविष्कार केन्द्रका लागि सहयोग गरोस् भनेर सरकारको ढोका हान्दा हान्दै थाकि सकेका पुनका हातहरुले कोरोनाका कारण थला परेको त्यही सरकारलाई महामारीका लागि चाहिने समाग्रीहरु निमार्ण गरेर सहयोग गरीरहेका छन् । नेपालमा पीपीईबिना नै अस्पतालमा स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचार गरिरहेको समाचार सार्वजनिक भएपछि राष्ट्रिय आविष्कार केन्द्रमा पुनको नेतृत्वमा पीपीई बनाउन सुरु भयो । पीपीईबाट सुरु गरेको आविष्कार केन्द्रले हाल सम्म महामारीका लागि १३ वटाभन्दा बढी सामग्री निर्माण गरिसकेको छ ।


पुनले सन् २०१२ मा सूचना तथा प्रबिधी मार्फत देश बिकाशका सम्भावनाहरूको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफारहित संस्था राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरे । यस्तो बिसाल योजनालाई मुर्तरुप दिन ठुलो आर्थिक सहयोगको खाचो हुनेभएकाले पुनले नेपाल सरकारको ढोका बारम्बार ढक्ढकाए । विगत देखि हाल सम्म धेरै नै सरकार फेरिए तर आविष्कार केन्द्र सञ्चालन गर्नका लागि सरकारले सहयोग गर्न सकेन । उनि प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट्नका लागि जाँदा जाँदै थाकिसकेका थिए । आविष्कार केन्द्र सञ्चालन गर्नका लागि आर्थिक अभाव भयो । आर्थिक अभाव भए पनि पुन हार मानेन् आष्किार केन्द्र जनताहरु माझ सहयोग सङ्कलन कार्यक्रम नै गरेर भए पनि सञ्चालन गरे । जनताहरु माझमा सहयोग संकलन गरेर पुनको नेतृत्वमा सञ्चालन गरेको राष्ट्रिय आविस्कार केन्द्र जसले आज सरकारलाई महामारीका बेलामा सहयोग गरीरहेको छ ।


‘यो महामारीमा हामीले के गर्न सक्छौँ ? हाम्रो पाटोबाट पनि केही न केही गर्नुपर्छ भनेर सुरु गरेका हौँ । लकडाउनपछि कोरोनाबाट जोगिने सामग्रीको अभाव भएकाले अस्पतालबाट बनाउन प्रस्ताव आयो । हामीले पीपीईबाट सुरु गरेका हौँ,’ आविष्कार केन्द्रका संस्थापक महावीर पुन भन्छन्, ‘अहिले १३ वटाभन्दा बढी सामग्री बनाइसकेका छौँ । बनाउँदै जाँदा धेरै बनायौँ पुनले भने ।
पुनले हाल सम्म पिपिई सहित फेस शील्ड, पेपर माक्स, आईसीयू, कोरोनाका कारण थलिएर भेन्टीलेटरमा बसेका विरामीका लागि आईसोलेशन होल्ड, कोरोनाका कारण मृत्यु भएकाको सुरक्षीत साथ लास राख्ने ब्याग, एम्बुलेन्समा विरामीलाई सुरक्षीत साथ ओसार्न मिल्ने आईसोलेसन च्याम्बरहरु, कोरोनाका कारण विरामीले सास फेर्न गाह्रो भएको बेलामा प्रयोग गरीने क्याप मशीन लगाएत सामान्य देखि अति जटि अवस्थमा चाहिने स्वाथ्य उपकरणका सामाग्रीहरु निमार्ण गरेका छन् ।


आविष्कार केन्द्र निमार्ण गर्दा पुनलाई सहयोग गर्नुको सट्टा उल्टै हात झिकेको सरकारलाई भने पुनले माहामारीका लागी आवश्यक पर्ने सामाग्रीहरु निमार्ण गरेर सरकारलाई माहामारी नियन्त्रण गर्न सहयोग गरी रहेका छन् । ‘रोमन मेग्सय्सय अवार्ड’ जस्ता विभिन्न सम्मानद्वारा सुसज्जित पुनलाई सरकारले नचिने पनि सरकारलाइ पुनले यस पटक भने ठुलो गुन लगाई रहेका छन् ।

You can share this post!

नेपाल स्काउट गण्डकी प्रदेश तदर्थ समिति गठन म्याग्दीका सुबेदी सदस्यमा मनाेनित

म्याग्दीमा बिरामी हुनु भयो ? चिन्ता लिने होइन बरु छिट्टै हेलो डाक्टर भन्नुहोस्

Related posts