नेपाल स्काउट गण्डकी प्रदेश तदर्थ समिति गठन म्याग्दीका सुबेदी सदस्यमा मनाेनित

नेपाल स्काउट संघ राष्ट्रिय प्रधान कार्यालयले गण्डकी प्रदेशको तदर्थ समिती गठन गरेको छ । संघले गठन गरेको समितीमा म्याग्दीका ईश्वर सुवेदी लाई सदस्यमा मनोनित गरीएको छ । कास्कीका अर्शिवाद सुवेदी संयोजकत्वमा गठन गरीएको तदर्थ समितीको सदस्यमा ईश्वर सुवेदी , सुशीला पराजुली, विष्णु प्रसाद पराजुली, सागर पौडेल, साजन सुवेदी, निश्चल पाण्डे, उपेन्द्र गिरी, अनिता राई, भिम कडेल, राजन कट्टेल, हरिराम अधिकारी, रमेश नेपाली, सन्देश गुरुङ, सुवास मल्ल लाई तदर्थ समितीमा चयन गरीएको हो ।
सदस्य सुवेदी अनेरास्ववियू म्याग्दीका प्रभावकारी नेताका रुपमा मानिन्छन् । अनेरास्ववीयू म्याग्दीका पुर्व उपाध्यक्ष हाल कार्यलय सदस्य रहेका सुवेदी म्याग्दी बहुमुखि क्याम्पसका स्वतन्त्र विद्यार्थि युनियनका उपसभापति हुन् ।

You can share this post!

बिरेन्द्र चोकका कपडा ब्यवसायी श्रिमान श्रिमती र एक युवा नेतामा कोरोना पुष्टि

सहयोगको लागि सरकारको ढोका हान्दा हान्दै थाकेका हातले सरकारलाई नै सहयोग

Related posts