बिरेन्द्र चोकका कपडा ब्यवसायी श्रिमान श्रिमती र एक युवा नेतामा कोरोना पुष्टि

म्याग्दी सदरमुकाम बेनी बजारको बिरेन्द्र चोकमा कपडा, फेन्सी ब्यवसाय गर्दै आएका श्रीमान श्रीमति दुवैमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी बजारको बिरेन्द्र चोकमा ब्यवसाय सञ्चालन गर्दै आएका उनिहरु काठमाडौं कपडा लिन गएर आए पछि पिसीआर परिक्षण गरीएको थियो । पिसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको जिल्ला स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनु भयो ।
त्यसैगरी बेनी नगरपालिकाका एक युवा नेतामा समेत कोरोना पुष्टि भएको छ । बेनीमा कन्ट्रक्याट ट्रेसिङमा परेका उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी कन्ट्रक्याट ट्रेसिङमा परे सँगै होम क्वारेन्टाइनमा बसेका थिए स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख लम्सालले बताउनु भयो ।

You can share this post!

बेनी अस्पतालका २ स्वाथ्यकर्मी र मंगला गाउँपालिकाका ३ कर्मचारीमा कोरोना पुष्टि

नेपाल स्काउट गण्डकी प्रदेश तदर्थ समिति गठन म्याग्दीका सुबेदी सदस्यमा मनाेनित

Related posts