राष्ट्रिय युवा संघ नेपाल बेनी नगर कमिटीको भेला बेनीमा शुरू

नेकपा एमाले निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ नेपाल बेनी नगर कमिटीको भेला शुरू भएको छ । बेनी नगरपालिका भित्र रहेका 10 वटा वडा हरूमा रहेका युवाहरूको भेला बेनी स्थित नेकपा एमाले म्याग्दीको पार्टी कार्यालय  हाडँभिरमा शुरू भएको हो  ।                                                                                                        भेला मार्फत बेनी नगर कमिटी गठन गरिने युवा संघ बेनी नगर कमिटी म्याग्दीका संयोजक विवेक हमालले बताउनुभयो । भेला लाई नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य तथा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावल, नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य तथा आर्थिक संयोजक प्रमोद श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्ने युवा संघ म्याग्दी बेनी नगर कमिटीले जनाएको छ ।

You can share this post!

महम्मद उस्मान अलि बचाउन म्याग्दीबाट १ लाख १० हजार ६५ रुपैयाँ सहयोग

नेपाल बैंकको अध्यक्ष्मा सुमनराज अर्याल

Related posts