प्रेस चौतारी म्याग्दीद्वारा स्व. मदन भण्डारीको जन्मजयन्तीमा अन्तरक्रिया

म्याग्दी । ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित मङ्गलवार म्याग्दीको सदरमुकाम बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा स्वर्गीय जननेता मदनकुमार भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्व.जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमले अहिले देशलाई अगुवाई गरिरहेको बताउनुभयो । उहाँले विश्वमा कम्युनिष्ट आन्दोलनले धक्का पुगको अवस्थामा नेपालमा भने कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाएपछि विश्वमा जबजले आश्चर्यचकित बनाएको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले नेकपा एमालेले गरेको कामलाई प्रचारप्रसार गर्ने मुख्य जिम्मेवारी प्रेस चौतारीको भएको बताउँदै सङ्गठनलाई आगामी दिनमा थप चलायमान र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले जिल्ला सचिव एवं बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपसचिव थमसरा पुन, सचिवालय सदस्य एवं प्रेस चौतारी इन्चार्ज डिपी शर्मा र चौतारीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले आ–आफ्नो धारणासहित बोल्नुभएको थियो । स्व. भण्डारीको जन्मजयन्तीको अवसरमा उहाँलाई स्मरण गर्दै तस्विरमा माल्यार्पण समेत गरिएको थियो ।

प्रेस चौतारी म्याग्दीको पाँचौं पूर्ण वैठकसहित आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा चौतारीको साधारण सदस्यता विस्तार, स्थानीय तह निर्वाचनको समीक्षा गर्नुका साथै भावी योजना र रणनीतिसहित विविध विषयहरुमा छलफल र निर्णय गरिएको छ ।

प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता, उपाध्यक्ष देवी जिसीको स्वागत र सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा चौतारीका पूर्व तथा वर्तमान पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

You can share this post!

म्याग्दीमा असार २० र २१ गते राष्ट्रपति रनिङ शिल्ड हुने

म्याग्दीमा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ मनाइयो, कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ

Related posts