गण्डकी प्रदेशस्तरी मुख्यमन्त्री कप महिला भलिबलको उपाधी म्याग्दीले जित्यो

म्याग्दी । गण्डकी प्रदेश स्थापनाको अवसरमा आयोजित प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितको छ । बुधबार गण्डकी प्रदेश अन्तर्गतको स्याङ्जा जिल्लामा सम्पन्न फाइनल खेलमा पर्वतलाई साझो ३ सेटमा पराजित गर्दै म्याग्दी महिला भलिबल टिमले उपाधी जितेको हो ।

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान समेत रहनुभएकी म्याग्दी जिल्लाका खेलाडी अरुणा शाहीको कप्तानीमा खेलमैदानमा उत्रिएको म्याग्दीले पर्वतलाई १४–२५, १६–२५ र १९–२५ अंकका साथ पराजित गरेको मुख्य प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो ।

उपाधी विजेता म्याग्दीले १ लाख ५० हजार र उपविजते पर्वतले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन । प्रतियोगिताका सर्वोत्कुष्ट खेलाडी म्याग्दी टिमबाट अरुणा शाही, वेष्ट सेटर रेविना घर्ति, वेष्ट ब्लकर मनिषा तिलिजा र वेष्ट कोच मलिन रोका घोषित हुनुभएको छ ।

सवोत्कृष्ट खेलाडी शाहीले १५ हजार नगद पुरस्कार पाप्त गर्नुभएको छ । त्यस्तै वेष्ट सेटर घर्ति, वेष्ट ब्लकर तिलिजा र वेष्ट कोच रोकाले जनही १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नुभएको म्याग्दी जिल्ला भलिबल संघका महासचिव समेत रहनुभएका प्रतियोगिताका टिम व्यवस्थापक तथा सहायक कोच कुमार किसानले जानकारी दिनुभयो ।

यो संगै म्याग्दी महिला भलिबल टिम लगातार दास्रो पटक च्याम्पियन बनेको हो । दुई वर्ष अगाडी पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय पहिलो मुख्यपन्त्री कपमा पनि म्याग्दी च्याम्पियन बनेको थियो ।

जिल्ला खेलकुद विकास समितिका म्याग्दीका अध्यक्ष दिनेश केसीले म्याग्दी महिला भलिबल टिमले उपाधी चुमेकोमा प्रशन्नता व्यक्त गर्नुभएको छ । साथै उहाँले खेलाडी, मुख्य प्रशिक्षक तथा टिम व्यवस्थापक बधाई ज्ञापन गर्दै यो जितले जिल्लामा भलिबल खेलको लोकप्रीयतालाई थप उचाईमा पु¥याएको बताउनुभयो ।

म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले खेलाडीको मेहनत र लगावले यो सफलता निरन्तर प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले जिल्लामा महिला भलिबलको खेल स्तर विकास हुँदै गएकाले यसलाई आगमी दिनमा समेत गिरावत आउन नदिने गरि खेलाडीहरुलाई प्रोत्साहन गर्न आवश्यक रहने बताउनुभयो ।

You can share this post!

हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता हुने

क्यूएए प्राप्तीका लागि जुट्यो मंगला शिक्षा क्याम्पस

Related posts